इलाम । इलाममा आज भैरहेको उप निर्वाचनमा आचारसंहितामा उलंघन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार मिलन लिम्बुको उम्मेदवारी रद्द हुनुपर्ने माग गरेको छ ।
अधिवक्ता स्वागत नेपालले रास्वपाका उम्मेदवार मिलन लिम्बूले आचारसंहितामा उलंघन गरेको भन्दै निर्वाचन आयोगलाई उम्मेदवारी रद्द गर्न माग गरेको छ । स्वागत नेपालले भनेको छ – `के हेरिरहेको छ निर्वाचन आयोग ???? कानुन उल्लंघन गर्ने रवीको आडमा उनका पिछलग्गुको उन्माद । सामाजिक संजाल नेपालले लेखेको छ,- `अहिल्यै त सहकारी ठगीमा जाहेरी पर्दा पनि अनुसन्धान रोकेर कानुन हातमा लिने नाइके गृहमन्त्री भएकोले उनका पिछलग्गु मिलन लिम्बूले निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदान गरे, यो नै धाँधली हो मतदान स्थलमा चुनाव चिन्ह लिएर छातीमा टाँसेर जान पाइन्न।´
नेपालले थपेका छन -` के हेरिरहेको छ निर्वाचन आयोग ? त्यसमा पनि उनले आफ्नो फेसबुकमा आफैँ पोष्ट गरेर थप प्रचार गरेका छन् । निर्वाचन आयोगले तत्काल कारवाही गरेर अहिल्यै उम्मेदवारी खारेज भएको र उनको लागि खसेको मत गणनामा नलिने कुराको जानकारी गराउनुपर्छ । मिलनले आचार संहिता विपरित मतदानको समयमै प्रचार गर्दै भोट हालेका मात्र छैनन्, समाज र कानुनलाई चुनौति पनि दिएका छन् आफैले फेसबुकमा पोष्ट गरेर ।
नेपालले अहिल्यै त गाली राजनीतिको नाइके गृहमन्त्री छँदै छ मलाई के हुन्छ र भनेर कानुन उल्लंघन गर्नेले भोलि के गर्छ ? त्यही गर्छ जुन उनका विदेशी एजेण्ट सहकारी ठग नाइकेले गर्छन् । नजानी गरेको हो भने यति पनि कानुनी व्यवस्था नजान्ने उट्पट्यांग मान्छे कानुन बनाउने ठाउँमा गएर के गर्छन् , केवल विदेशी एजेण्ट भनेको कुरामा ताली बजाउँछन्, जानेर गरेको हो भने यस्ता अराजकहरुबाट केही हुन्न ।
स्वागत नेपालले यसरी भनेपछि पोस्ट सम्पादन गरेको छ । तर त्यस अघि तस्वीर भने अझै सप्रमाण सामाजिक संजालमा रहेका छ । नेपालले लेखेको छ (नोट : मैले यो पोष्ट गरेपछि केही बेरमा फेरि मिलनले मैले त मतदान गरेँ भन्दै पहिलाको फोटो एडिट गरेर फेरि पोष्ट गरिएको छ । साइबर स्यालको हुँइय्या मच्चाउन एडिट नै पेशा भएकाहरुलाई अरुले कहाँ भेट्छ र )
निर्वाचन आचारसंहिताको दफा १७ मा मतदानको दिन पालना गर्नुपर्ने आचरण:को क) मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज लगाउन नहुने, स्पष्ट उल्लेख छ ।
यहि संहिताको आधारमा नै रास्वपाका उम्मेदवार मिलन लिम्बुको उम्मेदवारी रद्द हुनेछ ।
Discussion about this post