न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, सिआईबिबाट अनुसन्धान गर्न माग

जनकपुर । न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृष्यांकनले दर्जनौ शंका उत्पन्न भएको छ ।
मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिएको छैन । कृतिम रुपमा योजनावद्ध तवरले दुर्घटनाको रुप दिने प्रयास गरिएको देखिएपछि शंकाको घेरामा परिएको छ ।
मँगलबार विहान ३ बजेको समयमा धनुषाको ढल्केवर जनकपुरधाम सडकखण्डमा ढल्केवर बजारदेखि करिब ७ सय मिटर दक्षिणमा देखाइएको सो दुर्घटनास्थलको दृश्य हेर्दा उनलाई हत्या गरी फालिएको हुन सक्ने विभिन्न शंका उपशंका उब्जिएको छ । गाउँमै केही स्थानीयसँग रहेको जातीय दुश्मनीको शिकार हुन पुगेका पत्रकार यादवको घटनाको अनुसन्धान सिआईबी तहबाट हुनुपर्ने माग भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले यस घटनालाई गम्भिरताको साथ लिएको छ । धनुषाका एसपी भुवनेश्वर तिवारी र डिएसपी रञ्जन अवाले पत्रकार मृत्यू प्रकरणलाई गम्भिरताको साथ लिएको बताएका छन् । आफैँ घटनास्थल पुगेर घटनाको प्रकृति हेर्दा दुर्घटनामा शंका उब्जिएको बताएको हो । सुरक्षा निकायकै अधिकारीले शंका व्यक्त गरेपछि उनलाई सुनियोजित तवरले हत्या गरी दुर्घटना बनाउन खोजिएको आशंका छ ।
मँगलबार नै पोष्टमार्टम गरिएको उनको रिपोर्ट आए लगत्तै अनुसन्धानलाई नयाँ शीराबाट लैजाने प्रहरीको प्रतिबद्धताले पत्रकार यादवको घटनाको अनुसन्धान गहन रुपमा हुने विश्वास छ । यद्यपी, घटनामा स्थानीय व्यक्तिहरुको संलग्नता केही फोन कल, व्यवहार, बोली बचनले दिएको पुष्टि हुने जनाएको छ । पत्रकार यादवलाई जालमा पारी हत्या गरेर फालिएको परिवारजनको आरोप छ । घटनालाई प्रहरीले अनुसन्धानलाई तिव्रता दिनुपर्ने भन्दै दवाब दिएको छ ।
घटनामा राजनीतिक सँलग्नता समेत हुन सक्ने अवस्था देखिन आएको भन्दै यसलाई उच्चस्तरीय छानबिन अन्तर्गत सिआईबीसँग सहकार्य गरी छानबिन गर्न माग गरिएको छ । छानबिनलाई गम्भिर रुपमा मूर्तरुप दिइ पत्रकार यादवको हत्यामा सँलग्नलाई कारवाही गर्न माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित