इलाममा हुने उप निर्वाचन मर्यादित बनाउन सर्वपक्षीय बैठक बस्यो

इलाम । इलाम जिल्ला निर्वाचन क्षेत्र २ को आगामी बैशाख १५ गते हुन गैरहेको उपनिर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागि सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।
इलाम जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले छ बुँदे निर्णय गरेको छ । निर्वाचनलाई स्वस्थ स्वच्छ अनि शान्तिपुर्ण रुपमा सम्पन्न गर्न भन्दै बसेको बैठकले निर्णय गरिएको हो ।

सुबास नेम्बाङको निधनपछि रिक्त रहेको इलामको निर्वाचन क्षेत्र नम्बर २ मा उप निर्वाचन हुन लागेको हो । करिब दुई वर्ष अघि भएको आम निर्वाचनमा नेकपा एमालेको तर्फबाट इलाम २ मा सुबासचन्द्र नेम्बाङले जीत हाँसिल गरेका थिए । लगातार रुपमा पकड जमाएको इलाम निर्वाचन २ मा यसपटक भने कडा प्रतिस्पर्धा हुनेछ । यसपटक त्यो निर्वाचन क्षेत्रमा एमाले,काङ्ग्रेस,रास्वपा र स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यसपटक त्यस निर्वाचन क्षेत्रमा १९ जनाको उम्मेदवारी परेका छन ।

जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयलका अनुसार, इलाम क्षेत्र न.२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिकाको १–९, ११ र १२ र माई नगरपालिकाको वडा ६–८ समेटिएको छ । प्रदेश सभा खण्ड अन्तर्गत यस निर्वाचन क्षेत्रमा इलाम २ (क) र (ख) छन् । इलाम क्षेत्र नं २ मा पुरूष ५८ हजार ७ सय ८४ जना, महिला ५६ हजार ५ सय ५६ जना र तेश्रो लिङ्गी दुई जना गरी १ लाख १५ हजार ३ सय ४२ जना मतदाता छन् । मतदानका लागि १ सय ४९ ओटा मतदान केन्द्र र ७९ ओटा मतदान स्थल रहने आयोगले जनाएको छ ।

निर्णयहरु
१. आगामी २०८१ वैसाख १५ गतेका दिन यस जिल्लाको निर्वाचन क्षेत्र नं.२ मा हुने उप निर्वाचनलाई स्वच्छ, निश्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल एवं सरोकारवाला सबैले आवश्यक सहयोग, समन्वय र सहजिकरण गर्ने ।

२. निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १७ र १८ ले निषेध गरिएका कार्यहरु मतदान कार्य सम्पन्न नभएसम्मका लागि सम्वन्धित सबैले पूर्ण रुपमा पालना गर्ने।

३.२०८१ वैशाख १५ गते मतदानको दिन विहान ५.०० बजे देखि साँझ ६.०० बजे सम्म अत्यावश्यक सेवाका र अनुमति प्राप्त सवारी साधन बाहेक इलाम जिल्ला भर मेची राजमार्ग लगायत अन्य सबै सहायक मार्गहरुमा सबै किसिमका सवारी साधनको आवागन बन्द गर्ने । सो सूचना झापा, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई व्यवस्थापनमा सहयोग माग गर्ने ।

४.मिडिया हाउसको सिफारिसको आधारमा संचारकर्मीहरुलाई मूख्य निर्वाचन अधिकृतको कार्यालयवाट निर्वाचनको दिन सवारी साधन आवागमन अनुमति पत्र उपलब्ध गराउने र अन्य आवश्यक सवारी पास समेत मूख्य निर्वाचन अधिकृतको कार्यालय बाट उपलब्ध गराउने ।

५. मतदानको दिन हिंडडुल गर्न नसक्ने गर्भवती महिला, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रुपले अशक्त वा अपाङ्गता भएका व्यक्ति हिंडडुल गर्न नसक्ने जेष्ठ नागरिक लगायतलाई मतदान केन्द्रसम्म आउन र फर्कनको लागि सम्वन्धित सम्बन्धित मतदान केन्द्रबाट सर्वदलीय/सर्वपक्षीय सहमतीका आधारमा सम्बन्धित मतदान अधिकृतबाट सवारी साधनको अनुमति पत्र उपलब्ध गराउने ।

६. जिल्ला सुरक्षा समितिका पदाधिकारी सहितको सहभागितामा निर्वाचन कमाण्ड पोष्ट जिल्ला प्रशासन कार्यालयमा रहने। उक्त कमाण्ड पोष्टमा राजनीतिक दल एवं उम्मेदवारका प्रतिनिधि सहभागी हुन् इच्छुक भएमा सहभागी हुन पाउने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित