दातारामले दिए चौबीस लाखपर्ने जग्गा,वडाले दिने भए पाँच लाख(भिडियो सहित )

 

बराहक्षेत्र (सुनसरी )।  बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जार निवासी ९७ वर्षीय दाताराम घिमिरेले २४ लाख पर्ने जग्गा जीवन बिज्ञानलाई दिएको छ ।

सोमबार दातारामले दान गरेको जग्गामा जीवन बिज्ञान संस्थाको भवन शिलान्यास गर्ने क्रममा दातारामले जग्गा दिएको खुलासा भएको हो । जीवन बिज्ञानले ब्यायाम गर्ने तथा योग ध्यान गर्नको लागि दातारामले दिएको जग्गामा भवनको शिलान्यास गरेका थिए । भवन शिलान्यास जग्गादाता दातारम घिमिरे र बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रोहित काफ्लेले संयुक्त रुपमा गरेका थिए ।

शिलान्यास गर्दै वडा अध्यक्ष काफ्लेले भवन निर्माणका लागि आगामी आर्थिक वर्ष २०८१/८२ मा पाँच लाख रुपैया प्रदान गर्ने बताए । काफ्लेका अनुसार यस अघि नै एक कार्यक्रममा आफुले घोषणा गरेको भन्दै शिलान्यासको क्रममा पुनः उक्त बजेट दिने प्रतिबद्धता जनाए । पर्याप्त बजेट नहुने भएकोले अन्य दाताबाट समेत भवन निर्माणका लागि आह्वान गर्न आग्रह गरे । हिन्दु धर्म शास्त्र अनुसार केहिदिनपछि बैदिक काम गर्न नहुने भएकोले अग्रीम शिलान्यास गरेको वडा अध्यक्षले बताए । साथै सो कामको जानकारी दातासमक्ष अग्रीम पुगोस भन्ने हेतुले समेत भवन शिलान्यास गरेको बताए ।
दातारामले जम्मा १२ धुर जग्गा दान गरेको छ । यस अघि १० धुर दिने भनिएकोमा मुख सानो भएकोले १२ धुर दान गरेको कुरा दातारमका जेठि बुहारी राधा घिमिरेले जानकारी दिए । तीन भाई छोरा र पाँच बहिनी छोरी रहेको दातारामले छोराहरुले मासिदिने भएकोले दान गरेको बताए । जेठि बुहारी राधाले जानकारी दिए अनुसार पुस्तौपुस्ता नाम रहने भएकोले आफ्नो जिउनिको जग्गा के गर्ने भन्ने सल्लाह माग्दा जीवन बिकासलाई दिएको बताए । बुहारीका अनुसार तीन भाईलाई समेत जानकारी गराउदा बाउले दिन्छु भनेपछि दिँदा हुने सहमति जनाएकोले पनि जीबन बिज्ञानलाई दान गरेको बताए ।

जीबन बिज्ञानका प्रशिक्षक हस्तबहादुर बस्नेतले दातारामबाट उपलब्ध भएको जग्गामा श्रमदान चलाएर भवन बनाउने जानकारी दिए । यसरी भवन बनाउदा दाताले आर्थिक अपचलन हुन्छ कि भन्ने कुनै शंका लिन नपर्ने बिश्वस्त दिलाए । शिलान्यास कार्यक्रममा भुईकवि सुर्य बस्नेतले अव जीबन बिज्ञानको भवन श्रमदानबाट बनाउने बताए । भुईकवि सुर्य बस्नेतले बिगत एक वर्षदेखि कालाबन्जार क्षेत्रमा श्रमदान अभियान चलाउदै आएको छ । त्यहाँ हरेक सोमबार श्रमदान चलाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित