अनलाइन मिडिया एसोसिएसनको प्रथम अधिवेशन सम्पन्न,स्वोर्णिमहाङको नेतृत्वमा नयाँ समिति

धरान । अनलाई मिडियाकर्मि तथा मिडियाहरुको साझा संस्था अनलाइन मिडिया एसोसिएसन नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

सोमबार धरान उपमहानगरपालिका वडा नम्बर १३ को कार्यालय भवनमा सम्पन्न अधिवेशनले स्वर्निमहाङ फोम्बोलाई अध्यक्षमा सर्वसम्मतिले चयन गरिएको छ । उनको नेतृत्वमा रहेको तदर्थ समितिलाई अधिवेशन गर्दै १३ सदस्यीय कार्यसमिति चयन गरिएका थिए । नव निर्वाचित समितिको उपाध्यक्षमा निमा पोङ्स्युवा,सचीव अशोक बिश्वकर्मा,सहसचिव टिना लिम्बु,कोषाध्यक्ष उमा चाम्लिङ,सदस्यहरुमा चन्द्र राई,टेकबहादुर मगर,राज लिम्बु,बिज्ञान राई,दिपेश याम्फु,रचना चाम्लिङ,तारा सुब्बा र राम लिम्बु रहेका छ ।

यत्रतत्र छरिएर रहेका युटुब मिडिया चलाउने र पोर्टल न्युज अनलाइन संचालन गर्ने मिडियाकर्मि र मिडियालाई एकता बनाई प्रेस काउन्सिल तथा नेपाल पत्रकार महासंघले जारी गरेको आचारसंहितामालाई कार्यान्वयन गर्दै स्वच्छ अनलाइन पत्रकारीता गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएका थिए । नयाँ निर्वाचित पदाधिकारीको पदावधि दुई वर्षको हुनेछ ।

अधिवेशन धरानका अग्रज अनि वरिष्ठ पत्रकार हर्ष सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । नव निर्वाचित समितिलाई प्रमुख अतिथिबाट शपथ खुवाएका थिए । प्रमुख अतिथि सुब्बाले आफु लेखन पत्रकारिताबाट आएको भन्दै पछिल्लो समयको डिजिटल अनलाइन पत्रकारिताले लेख्ने मान्छे नहुनेमा चिन्ता व्यक्त गरे । अधिवेशनमा नेपाल पत्रकार महासंघ केन्द्रिय पार्षद सदस्य भैरव आङ्ला सहित संस्थामा आवद्ध रहेका ३० जना मिडियाकर्मिहरुको उपस्थिति रहेका थिए ।

अनलाइन मिडिया एसोसिएसन नेपाल धरानको संस्थापक सदस्य सहित साधारण सदस्यता नामावली:
१)सोर्णिम लिम्बु
२)टिन लिम्बु
३)उमा राई
४)अशोक बिश्वकर्मा
५)राज लिम्बु
६)सत्य घले
७)दिपेश यम्फु
८)राम लिम्बु
९)तारा सुब्बा
१०) इमन लिम्बु
११)निमा पोङ्स्युवा
१२)सुजन तामाङ
१३)चन्द्र राई
१४)गणेश राई
१५)बिज्ञान राई
१६)लाजेश राई
१७)मोहन पिठा
१८) समिर तामाङ
१९)रचना राई
२०)गोपाल पौडेल
२१)कमान्सिं याम्फु
२२)पवित्रा राई
२३)प्रसद राई
२४)सुमन श्रेष्ठ
२५)प्रदिप लिम्बु
२६)रिता थापा मगर
२७)आसमाया लिम्बु
२८) रिनेन लामा
२९)रमेश वान्तावा
३०)खेम यक्खा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित