भोजपुर । भोजपुर जिल्लामा रहेको गुराँस कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ ।
शनिबार संस्थाको २१ औ वार्षिक सभा सम्पन्न भएको हो । रामप्रसाद राई गाउँपालिका ८ खोक्सिक मा भएको कार्यक्रममा संस्थाले आफ्नो वार्षिक प्रगती विवरण बारे जानकारी गराएको थियो । विगत बर्षदेखी संस्थाले बचत तथा ऋण सँग सँगै कृषि सम्बन्धिको योजनामा काम गर्दै आईरहेको छ ।
कार्यक्रममा उपस्थित स्थानीय कृषकहरुले कृषीको लागि सिचाइ को अभाव हुँदा कृषिमा सम्भावना कम भएको बताएका थिए । साथै आफ्नो उत्पादनले बजार नपाएकोले सिचाईको लागि पानी, बिक्री वितरण को लागि बजारको उनिहरुले माग गरे ।
कार्यक्रमका प्रमुख अतिथी देवकुमार राईले स्थानिय सरकारले खानेपानी र सिचाई आयोजनालाई अगाडी बढाएको र परिक्षण भइरहेको बताएका छन । साथै कृषिको लागी आवश्यक मल बीउ बिजन निशुल्क स्थानिय सरकारको तर्फ बाट वितरण भएको साथै पशुहरुमा आउने मौशमी रोगहरुको रोकथाम को भ्याक्सिन निशुल्क उपलब्ध गराएको समेत उनले बताए । कृषि पेशालाई बजारीकरण गर्ने नसक्दा कृषकहरु मारमा परेको यसमा स्थानीय सरकार चिन्तित रहेको यो समस्या समाधानको लागि स्थानिय सरकारको रहने भुमिकामा कटिबद्ध रहेको उनले बताए । संस्थाले कृषी तथा कृषि फार्म सुरुवात गरी आफ्नो उत्पादनलाई बजारसम्म ल्याउने योजना रहेको संस्थाका उपाध्यक्ष मनोज राईले बताएका छन ।
कृषिमा लगानी गर्ने चाहने कृषकको लागि लगानी गर्ने आवश्यक बीउ विजन,मल,कृषी औजार,यन्त्र खरिदमा संस्थाले अवश्यकता अनुसारको न्यून ब्याजमा सदस्यहरुलाई लगानी लगाई कृषी पेशालाई फराकिलो बनाउने योजना बनाएको उनले बताए ।
कृषिमा धेरै सम्भावना भएको तर युवाहरुको चासो कम भएकोले युवा वर्गलाई लक्षित कृषि अभियानको थालनी गुराँस कृषि सहकारी मार्फत हुने र बसाई जाने, वैदेशिक रोजगारमा जाने बाध्यतालाई रोकि गाउँमै कृषीमा आत्मनिर्भर गर्दै रोजगारको सृजना गर्ने उनले बताए ।
कृषि पेशालाई अङ्गालेर बसेकाहरुहरुलाई निराश हुन नदिन कृषि पेशालाई आधुनिकण गर्नुपर्ने संस्थाका अध्यक्ष दल बहादुर राईले बताए । गाउँमा जनशक्ति न्यून भएको कारण कृषिको महत्व कम हुँदै गएको अवस्थामा कृषि क्षेत्रलाई योगदान पुर्याउने उदेश्यले संस्थाले कृषि योजना, कृषी शिक्षा सम्बन्धी कार्यक्रम हरु भविष्यमा ल्याउने तयारी रहेको उनले बताए ।
कार्यक्रममा श्री बहादुर राई,भुपाल राई, केशरमान राई,जय बहादुर राई लगायतले बोलेका थिए । कार्यक्रम संचालन उदिम राईले गरेका थिए ।
Discussion about this post