साँगुरी गाउँपालिकामा श्रमदानबाट बाटो बनाए

धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढि गाउँपालिका वडा नम्बर १० मा श्रमदान मार्फत बाटो बनाएको छ ।

साँगुरीगढी गाँउपालिका वडा नम्बर १० भुल्के धारापानी देखि खलला ,भ्राताङ हुँदै ताङ्गकेरा कावेली मार्ग जोडने बाटो बनाएको कुरा वडा अध्यक्ष एकबहादुर राईले जानकारी दिए । श्रमदान बाटो निर्माण गर्नको लागि साँगुरीगढी गाउँपालिका वार्ड नं १० को अध्यक्ष एक बहादुर राईको संयोजकत्वमा भएको हो । बाटो बनाउनको लागि साँगुरीगढी १० भुल्के धारापानीको स्थानिय बासिन्दाहरुले श्रमदान मार्फत ताम्वाखाम क्षेत्रमा पुर्ण निर्माण गरेका छन ।

यसरी बाटो बनेपछि भने यातायातका सुबिधा भएको छ । कच्ची बाटो भएको र पर्याप्त बजेट नपर्दा बर्खामा मात्र होइन हिँउदमा समेत गडिलाई जानको लागि समस्या भैरहेको छ । तर यसरी श्रमदानबाट बाटो बनेपछि भने केहि समाधान भएको कुरा स्थानीयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित