धरान । डा. महावीर पुनले आफ्नो पुस्तक आत्मकथा सय दिने पुरा गर्दै ५ करोडको बिक्रि भैसकेको छ ।
महावीर पुनले बिहिवार आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै बिक्री वितरण भएको सय दिन पुगेको उल्लेख गरेको छ । यस अवधीमा करिब ८४ हजार थान पुस्तक बेचिएको उल्लेख छ । यति बिक्री हुँदा करिब ५ करोड रुपैया आम्दानी भएको महावीर पुनले जनाएको छ ।
नेपाल सरकारले कवाडीको रुपमा रहेको बिरगंज कृषि औजार कारखाना संचालन गर्न भन्दै श्रोत नजुटेपछि आफ्नै आत्मकथा समेटिएको पुस्तक छापेर बिक्री गरि कारखाना संचालन गर्ने उद्देश्य लिएका थिए । उनले आफ्नो घरजग्गा बिक्रि गरि संचालन गर्ने तयारी गरेका थिए । त्यो नभएपछि आफुले पाएको सम्मान पदक लिलामिमा राखेर त्यसको बिक्रि गरेपछि कार्खाना संचालन गर्ने योजना बलाएका थिए । तर कानुनले यसरी बिक्री गर्न नपाउने भनेपछि विकल्पमा पुस्तक छापेको जनाएको छ ।
महावीर पुनले स्टाटसले लेख्दै र आफ्नो फन्नि फोटो राख्दै अचम्मको जन्तुको फोटो भनिएको छ । जहाँ बिस्तृत रुपमा पुस्तक बेचेर ५ करोड संकलन भएको भन्दै ३० बर्षसम्म बन्द भएको बीरगंजको कवाडी कृषि औजार कारखाना चलाउन सकिन्छ भनेर ढिपी गरि रहेकोछ, उल्लेख छ ।
महावीर पुनको स्टाटस:
हेर्नु होस् अचम्मको जन्तुको फोटो – तपाइंले बिश्वास गर्नुस वा नगर्नु होस् यो अचम्मको जन्तु नै हो र खतरनाक पनि छ । यो जन्तु आफ्नो आत्मकथाको किताब बेच्न भनेर काठमाडौँ बाट हिंडेको आज ठ्याक्कै १०० दिन पुग्यो । करिब ८४ हजार जति किताब बेचिसक्यो र ५ करोड रुपैंया जति पैसा कमायो ।🤣😂😂लौ🤣
कसैले बिश्वास गर्दै नगर्दा पनि यो जन्तुले आफ्नो आत्माकथाको किताब बेचेर ३० बर्ष सम्म बन्द भएको बीरगंजको कवाडी कृषि औजार कारखाना चलाउन सकिन्छ भनेर ढिपी गरि रहेकोछ । यो जन्तुले किताब बेच्दै अहिले सम्म २८ वटा जिल्लाको जान सकिने गाउँ, बजार र बस्ति पुगेर दुनियाँलाई किताब बेचेर दुख दिईरहेको छ। त्यसैले सज्जन र विद्वान महानुभावहरु यो अचम्मको जन्तु देखि अलि होसियार हुनु होला ।🤣😂😂🤣🤣😂
Discussion about this post