साँगुरीगढि गाउँपालिकाको लागि एम्बुलेन्स हस्तान्तरण

काठमाडौ । बिक्रम सम्वतको नयाँ वर्षको अवसरमा साँगुरीगढि गाउँपालिका वडा नम्बर ९ र १० को लागि लक्षित गर्दै एम्बुलेन्स हस्तान्तरण भएको छ ।

भारतीय दुतावास काठमाडौको पहलकदमीमा पुर्वमन्त्री एबम राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबाबु थापा मार्फत एम्बुलेन्स हस्तान्तरण भएको हो । साँगुरीगढीको खासगरी आहाले महाभारतवासी वडावासी नागरिकहरुले यो एम्बुलेन्सबाट स्वास्थ्य सेवा लिन पाउने जनाएको छ । नेपाल – भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौंमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुनले लिएको हो ।

यस अघि त्यस क्षेत्रबाट प्राईभेट गाडिबाट दुखकासाथ ओसार्नेगर्दथे । त्यो समस्या भने अव एम्बुलेन्स आएपछि समाधान हुनेमा स्थानीयले बताए ।

एम्बुलेन्स माग गर्नको लागि सूर्य बहादुर थापा प्रतिष्ठान मार्फत यस अघि साँगुरी गाउँपालिकाले माग गरिएका थिए ।

प्रतिस्ठानले तत्कालीन अवस्थामा एम्बुलेन्स माग गर्नको लागी साँगुरिगढि गाउँपालिमा सिफारिस माग गर्दै पालिका सिफारिस गरिएका थिए । गाउँपालिकाको सिफारिसमा कुल क्षेत्रफल १६६.४ वर्ग कि.मी. र कुल जनसंख्या करिब २ हजार रहेको भन्दै एक प्रमुख स्वास्थ्य चौकीको रुपमा रहेको आहाले स्वास्थ्य चौकीले नियमित रुपमा सेवा प्रदान गर्दै आइरहेको सिफारिसमा उल्लेख गरेका थिए । सो आहाले स्वास्थ्य चौकीले करिब ४५०० जनसंख्यालाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरिरहेको जनाएको थियो ।

यातायातको असुविधाका कारणले त्यस भेगमा प्रदान गरिने सेवालाई उल्लेख्य मात्रामा प्रदान गर्न नसकेको उल्लेख छ । सिफारिसमा साँगुरीगढी गाउँपालिकाको वडा नं. ९ र १० को क्षेत्र सबै भन्दा विकट रहेकाले सो स्थानका वासिन्दाहरु अस्वस्थ तथा सुत्केरी भएको बेला यातायातका साधन नपाउँदा साथै उपचारको लागि माथिल्लो स्तरको अस्पतालमा समयमा पुऱ्याउँन नसक्दा अकालमै ज्यान गुमाउनु परेको भनि माग गरेका थिए ।

यस्ता किसिमका जटिल समस्याहरुको समाधानको लागि आहाले स्वास्थ्य चौकीलाई एम्बुलेन्स आवश्यक भएकाले १ थान एम्बुलेन्स उपलब्ध गराई सेवा प्रवाहमा सजिकरण साथै सहयोग गरिदिन हुन अनुरोध भनेर सिफारिस निवेदन सिफारिस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित