धरान । ड्राईभिङ्ग स्कुल संघ नेपाल कोशी प्रदेशको आयोजनामा नयाँ बर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रम आज वैशाख २ गते ईटहरीको शुभकामना होटलमा सम्पन्न भयो।
ड्राईभिङ्ग स्कुल संघ नेपाल केन्द्रिय उपाध्यक्ष बाबुराम प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न शुभकामना कार्यक्रममा यातायात ब्यबस्था कार्यालय ईटहरीले ठेक्कामा लगाएको आँखा जाँच गर्ने स्थानमा ब्यापक लापरबाही भएकोले असन्तुष्टि ब्यबसायीहरुले राखे।
आँखा जाँचमा अधिकांश प्रशिक्षार्थीहरुलाई फेल गराउने गरिएको फेलभए पश्चात् १ हजार देखि ५ हजार रुपैयाँ सम्म लिएर पास गराउने गरिएको ब्यापक जनगुनासो आएको कुरा राखे।
यातायात कार्यालयले मेडिकल जाँच गर्ने निकाय ठेक्कामा लगाउँदा सबैभन्दा कम मुल्यमा सेवा प्रदान गर्ने संस्थालाई प्रदान गर्ने गरिएकोमा हाल अधिकारप्राप्त संस्थाले नि:शुल्क जाँच गराउने छु भनी ठेक्का पारेको र हाल खर्च उठाउन धमाधम फेल गर्ने गरिएको भन्ने अनुमान सहजै लगाउन सकिने बताउनुहुन्छ ड्राईभिङ्ग स्कुल संघ नेपालका पूर्व सचिव रुपक श्रेष्ठ।
त्यसैगरी सवारी चालक प्रशिक्षण संचालन निर्देशिका- २०७७, अनुसार ट्रायल लिनुपर्ने भएता पनि सो अनुसार व्यबहारमा नभएको गुनासो लक्ष्मीनारायण ड्राईभिङ्ग सेन्टरका प्रोपाईटर तथा केन्द्रिय सदस्य अनन्त घिमिरेले बताउनु भयो।
वहाँले हलुका सवारी साधनको ट्रायल परिक्षामा 8 फिगरमा २ पटक सम्म रेखा छोएमा प्रत्येक पटकको ५/५ का दरले अंक काटिने भएता पनि सो अनुसार नभएको गुनासो राख्दा चक्कामा सि सि क्यामेरा जडान गरेको छैन छोयो भनेपछि छोयो भन्ने जएआफ दिनेगरेको बताउनु भयो।
सवारी चालक प्रशिक्षण संचालन निर्देशिका २०७७ को
दफा १० मा प्रयोगात्मक परीक्षामा उतिर्ण भएका परीक्षार्थीको सूची प्रकाशित गर्नुपर्ने : प्रयोगात्मक परीक्षा सम्पन्न भई परीक्षा उतिर्ण भएका परीक्षाथीहरुको रोल नम्बर सहित नाम थर खुलाई दुई प्रति सूची तयार गरी एक प्रति परीक्षा स्थलमा र एक प्रति कार्यालयको सूचना पाटीमा टााँस्नुपर्नेछ ।संभवभएसम्म सो सूचीको एक प्रति कार्यालयको वेभ साइटमा समेत प्रयोगात्मक परीक्षा सम्पन्न भएको अधिकतम् ३ (तीन) दिनभित्र प्रकाशित गरिसक्नुपर्ने प्राबधान रहँदा रहँदै १० दिन पछि रिजल्ट निकाल्नाले पुन:परिक्षामा समावेश हुनबाट बन्चित गरिएकोमा आपत्ति जनाउँदै केन्द्रिय सदस्य घिमिरेले सुधार गर्नुपर्ने औल्याउनु भयो।
हलुका सवारी साधनको ट्रायल परिक्षामा दुईपटक सम्म स्टार्ट बन्द हुन पाउने प्राबधान रहँदा रहँदै पहिलो पटक स्टार्ट बन्द हुने बित्तिकै फेल गराएर प्रशिक्षार्थीहरुलाई मारमा पार्ने परिपाटीको खुलेर बिरोध गर्नुहुन्छ ब्यबसायी झमक गजमेर।
सवारी चालक प्रशिक्षण संचालन निर्देशिका २०७७ को अनुसूची ८ को ६ नं बुँदामा ग्यारेज पार्किङ गर्ने क्रममा पछाडि सार्दा एकपटक सम्म अगाडी बनाउँदा १० अंक काटिने छ तर फेल नहुने प्रावधान हुँदाहुँदै सो अनुसारको नियम लागु नगरिएकोले परिक्षार्थीहरु मारमा पर्ने गुनासो ब्यबसायीहरुको थियो जसको समाधान गर्न बाबुराम प्रधानको संयोजकत्वमा पाँच सदस्यीय समिति समेत गठन गरिएको जानकारी ड्राईभिङ्ग स्कुल संघ ट्रायल संयोजक योगेन्द्र पोखरेलले दिनुभयो वहाँले आउँदो बैशाख २९ गते ईटहरीमा ड्राईभिङ्ग स्कुल संघ नेपालको केन्द्रिय समितिको बैठक समेत बस्ने बताउनु भयो।
ब्यबसायीहरुको शुभकामना आदानप्रदान कार्यक्रममा १० वटा बुँदाहरुमा समेत ब्यापक छलफल सहित सकारात्मक निष्कर्ष निकालेको दाबी ब्यबसायीहरुको थियो।
Discussion about this post