श्रमसंस्कृती पार्कमा नयाँ वर्षमा घुम्न आउनेको अधिक संख्या (भिडियो सहित )

धरान । बिक्रम सम्वतको बैशाख १ गते पहिलो दिन २०८१ सालको प्रारम्भसंगै धरानको श्रमसंस्कृति पार्कमा घुम्न आउने संख्या धेरै थिए । यो संख्या आन्तरिक पर्यटनको लागि एउटा रेकर्ड बनेको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अवधारणा अनुसार पार्क निर्माण भएपछि नयाँ वर्षमा घुम्न आउनेको संख्या धेरै भएको हो । शनिबारको दिन मोरङ,गाईघाट,काठमाडौ,ताप्लेजुङ सहित अन्य जिल्लाबाट घुम्न आएका थिए ।

श्रमसंस्कृति पार्कमा आराधरान,रोज गार्डन्,रक गार्डेन,एसएनएस पार्क बनेपछि त्यो क्षेत्र घुम्न आउनेको संख्या बढेको हो । सामाजिक संजाल अनलाइन मिडियाले यस क्षेत्रको बार बार प्रशारण गरेपछि देश विदेशबाट त्यो क्षेत्र घुम्न आउनेको संख्या बढेको हो ।

श्रमदाताको अगुवाईमा बनेको यी पार्क निर्माणका लागि स्वदेश विदेशबाट आर्थिक भौतिक सहयोग मिलेपछि यो पार्क निर्माण भएको हो ।

शनिवारको नयाँ वर्षको दिने मेयर साङ्पाङ काठमाडौ गएकाले बेलुकि आईपुगेका थिए । त्यसभन्दा अगाडि उनका श्रीमती निर्मला लिम्बु दिउँसो नै आएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित