धरान। पूर्ण सरसफाइ,धरानको अगुवाई मूल नारा लिएको धरान उपमहानगरपालिका वडा नं ८को सभागृह टोल विकास संस्थाले १ बर्षे कार्य प्रगति प्रस्तुत कार्यक्रम तथा २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।
सो अवसरमा चर्चित गीत रिङ्गके बुङ्गको राँगालाई गीतका गायक राष्ट्रिय कलाकार सुरेश गन्धर्वलाई धरान -८ ले जग्गा उपलब्ध गराएको छ। सुगर,प्रेसर,किड्नी र मुटुका रोगी गन्द र्वकोअवस्था ज्यादै नाजुक रहेको र हालसम्म उनको परिवारको नाममा एक धुर जग्गा नरहेको र लामो समयदेखि जिर्ण घरमा बसिरहेकोले घर बनाउन हातेमालो गरिदिन समेत आव्हान धरान उपमहानगरपालिका वार्ड नं ८ का वडाध्यक्ष धन बहादुर राईले गर्नुभयो। मदन भन्डारी राजमार्गबाट विस्थापितहरुलाई समेत गन्धर्वसंगै नमुना बस्तीमा स्थानान्तरण समेत गरिएको बताउनु भयो ।
उक्त कुरा सभागृह टोल विकास संस्थाले आयोजना गरेको १ बर्षे कार्य प्रगति प्रस्तुत कार्यक्रम तथा२०८१ सालको शुभकामना आदानप्रदान मा प्रमुख अतिथिको रुपमा बताउनु भयो।
शुभकामना तथा प्रगति प्रतिवेदन प्रस्तुत कार्यक्रममा सभागृह टोल विकास संस्थाले आफ्ना टोलका तीनजना ब्यक्तिहरुलाई सम्मान गरेको छ।सम्मानित हुनेहरुमा डा.अबिनास राई,डा. रेबिका बि.क र अधिवक्ता नबिन रम्तेल रहेका छ्न्।उनीहरू तीनैजना संस्थाका लागि गहना भएका र भोलीका दिनमा आईपर्ने समस्यामा सहयोग पुग्ने कुरा संस्थाका अध्यक्ष खड्ग बि.क. ले बताउनु भयो वहांले संस्थामा रहेको कुर्सी,पाल,साउन्डसेट र विद्युतको सामग्री टोलमा बस्ने सबैका लागि कुनै कार्यक्रम गर्नुपरे निशुल्क उपलब्ध गराईरहेको बचत रकमबाट सहुलियतपूर्ण ऋण लगानी समेत गरिरहेको बताउनु भयो।
एकबर्षे कार्यप्रगति विवरणमा डेङ्गो सम्बन्धि चेतनामूलक कार्य,सुरक्षा समिति गठन,खानेपानी ,सरसफाइ ,ब्यायामशाला,आर्थिक रुपले बिपन्नलाई आर्थिक सहयोग लगायतका ३० वटा बुँदामा संस्थाले गरेका उल्लेखनीय कार्य प्रस्तुत गरिएको थियो। त्यस्तै १ लाख ६९ हजार १ सय ९५ रुपैयाँको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो।
संस्थाले आगामी गर्नुपर्ने योजना समेत प्रस्तुत गरेको छ । जस अन्तर्गत शहर सौन्दर्यकरणका लागि सभागृह मार्गदेखि तामाङ घेदुङसँग सिमेन्टको गमला घर-घर अगाडि राख्नको लागि धरान उपमहानगरपालिकाको वातावरण शाखामा प्रपोजल पेश गरिएको, धरान उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयमा चोरी डकैतीलाई मध्यनजर गर्दै यस संस्थाले सिसी क्यामेरा जडानका लागि पटकपटक पत्राचार गरिएता पनि उक्त कार्य सम्बन्धित निकायबाट कार्यान्वयन नगरेको सो कार्य गर्न छलफल भइरहेको,सभागृहको दक्षिण गेट र प्रवेश गेटमा सवारी दुर्घटनालाई मध्यनजर गर्दै ठूलो ऐनाको लागि धरान उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयलाई इस्टिमेट सहित लागत पेश गरिएको,सभा गृह दक्षिण गेटमा व्यायामशाला अपुरै अवस्थामा रहेको कामलाई पूर्ण बनाउन पहल गरिने,सभा गृह टोल विकास संस्था मातहतमा रहेको ऐलानी घरधुरीलाई नम्बर प्लेटका लागि धरान उपमहानगरपालिकामा सिफारिस गरिएको, सिपमूलक कार्यक्रमहरू आवश्यकता रहेको, लागू औषध दुर्व्यसनी बिरुद्धको कार्यक्रम, आमा समूह,मजदुर समूह र युवा समूहहरूको गठन गर्नुपर्ने लगायतका कार्यक्रमहरुको आवस्यकता प्रस्तुत गरिएको थियो।
कार्यक्रममा संस्थाका सल्लाहकार विश्वराम कार्की,उत्तम राई,निर्मल लिम्बु,बरगाछी प्रहरी बिटका वरिष्ठ प्रहरी हव दुर्गापथ टोल विकास संस्थाका अध्यक्ष सुबास श्रेष्ठ समेतले शुभकामना मन्तब्य राख्नु भयो। बरगाछी प्रहरी बिटका वरिष्ठ प्रहरी हवल्दार भोला तामाङ्ग,जनप्रतिनिधि देवी तामाङ्ग र नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य शुक्रान्त राईको उपस्तिथि थियो।
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष खड्ग बि.क र कार्यक्रम संचालन संस्थाका सचिव बलिन्द्र बि.क को रहेको थियो।
Discussion about this post