धरान । पिण्डेश्वर महाकुम्भ मेला यातायात व्यवस्थापन उपसमितिले मंगलबारदेखि हुने कुम्भ मेलालाई लक्षित गरेर टेम्पो भाडा दर तोकिएको छ ।
यातायात व्यावस्थापन उपसमितिले स्थानीय भाडा नगरपालिकाले तोके बमोजिम हुने पनि उल्लेख गरेको छ । धार्मिक पर्यटकलाई भाडामा ठगि नहोस् भन्ने उदेश्यले भाडा दर निर्धारण गरिएको जनाएको छ । जस अनुसार भानुचोकबाट पिण्डेश्वर पुगि बढीमा 1 घण्टा अलमल गरि पुन: भानुचोक फर्किएको ३ सय रुपैया तोकिएको छ । विजयपुरका अन्य मन्दिर पनि घुम्न चाहेमा बढीमा आधा/आधा घण्टा समयको लागि प्रत्येक मन्दिरमा पुगेको रू एक एक सय थप लाग्ने निर्धारण गरेको छ ।
त्यसैगरी चतरा धरान टेम्पो रिजर्भ भाडा रू ४५० र प्रतिव्यक्ति रू १५० निर्धारण गरेको छ ।धरान चतरा आउजाउ बस रिजर्भ भाडा रू ६ हजार राखिएको छ । प्रतिव्यक्ति बस भाडा एकतर्फी रू ७० कायम भएको जनाएको छ । धरान चतरा डाइरेक्ट रूट रेल्वे हुँदै बिचघोपा, मंगलबारे, पानी ट्याङ्की, गणेशमान चोक, सुम्निमा चोक, लक्ष्मी चोक, पृथ्वी चोक, रेडक्रस उकालो हुँदै विजयपुर सम्म रहनेछ ।
त्यसैगरी पार्किङको ब्याबस्थामा पिण्डेश्वर जाने ठुला बसहरू विजयपुर चोकमा भरिए विजयपुर चोकमा यात्रु ओरालेर हात्तीसार क्याम्पसको ग्राउन्डमा पार्किङ गर्न भनिएको छ । रिजर्भ बाहेकका नियमित बसहरूलाई पिण्डेश्वर महाकुम्भ मेला भरी भानुचोकमा स्टेण्ड लगाई यात्रु ओराल्ने मौका दिईने पनि यातायात व्यावस्थापन उपसमितिले जनाएको छ ।
Discussion about this post