धरान । श्रमसंस्कृति पार्क प्रवेश द्वारमा अस्थायी रुपमा रहेको प्रवेश शुल्क टिकट काउण्टरमा घुम्न आउनेको लागि सहज बनाउन प्रवेश शुल्क दश रुपैया लेखिएको बोर्ड राख्न सुझाब दिएको कार्यान्वयनमा आएको छ ।
हाल एसएनएस पार्कमा रहेको टिकट काउन्टरमा अस्थायी रुपमा टेबुल राखेर प्रवेश शुल्क काटिरहेका छन । यसरी कुनै सुचना संकेत नहुँदा टिकट शुल्क कति लाग्ने टिकट लाग्छ भन्ने जस्ता शोधनि गर्नुपर्ने र जवाफ दिइरहनपर्नु देखिन्थे । त्यहि भएर एउटा सूचना बोर्ड प्रवेश शुल्क रु १०/- लेखेर राख्दा सजिलो हुने र घुम्न आउनेले सूचना देखिनासाथ प्रवेश शुल्क लाग्ने रछ भनेर बुझिहाल्ने भन्ने सुझाब दिएका थिए ।
आरा धरान प्रवेश द्वार भएकोले र टिकट काउण्टर नै भएकोले त्यहाँ त्यस्तो समस्या छैन । तर त्यहाँ केहि दिन अघि चतराबाट घुम्न आएका एक ब्यक्तिले प्रवेश शुल्क लाग्ने विषयलाई लिएर नै टिकट काउण्टरमा तोडफोड गर्ने आक्रोश पोख्ने काम गरेका थिए ।
अस्थायी रुपमा रहेको हालको एसएनएस पार्कको टिकट काउण्टरलाई एस्डिएस रक गार्डेनमा सार्नेछ । अहिले भने पार्कको प्रवेश द्वारमा राखिएको सूचना बोर्डले प्रवेश गर्नेको लागि स्वत: बुझ्न सकिने भएको देखिन्छ । पार्कमा ज्येष्ठ नागरिक र बालबालिकालाई प्रवेश शुल्क लाग्ने छैन ।
पार्क बनेपछि दैनिक दश रुपैयाबाट धरान उपमहानगरको आम्दानीको स्रोत बनेको छ ।
Discussion about this post