सुनसरीको हरिनगरामा हिन्दु मुस्लिम झडप कैयौं घाइते प्रशासनबाट कर्फ्यु(भिडियो सहित )

 

सुनसरी । सुनसरी जिल्लाको हरिनगरा गाउँपालिकामा हिन्दु र मुस्लिम आपसमा झडप हुँदा कैयौं युवा घाइते भएका छन ।
शान्ति सुरक्षालाई मध्यनजर गर्दै थप संभावित मानवीय क्षति हुननदिन भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु जारी गरेको छ । सुनसरी जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी कामु बेद फुयालले जारी गरेको कर्फ्युमा सम्भावित मानवीय क्षती कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मिति २०८०।१२।२३ गते दिनको ५ वजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेको छ । कर्फ्यु जारीमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक आवत जावत गर्न, भेला हुन र सामुहिक रुपमा गरीने सामाजिक, धार्मिक, राजनैतिक सभा, न्याली/भेला/प्रदर्शन गर्ने लगायतका कुनै पनि कार्यक्रम नगर्न/नगराउन भनिएको छ । आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरीने पनि कर्फ्यु सूचनामा उल्लेख छ ।

प्रशासनले निशेधाज्ञा लागु हुने क्षेत्रमा इनरुवा नगरपालिका क्षेत्र,हरिनगर गाउँपालिका क्षेत्र,देवानगंज गाउँपालिका क्षेत्र र भोकाहा नरसिंह गाउँपालिका क्षेत्र तथा कोशी गाउँपालिका क्षेत्र कायम गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित