दिपेश रोक्का / बेल्टार
बेल्टार ,१८ चैत्र । उदयपुरको चौदण्डीगढी नगरपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ चैत्र पहिलो हप्ता सम्मको १० वटै वडाको कार्यालयमा दर्ता भएको व्यक्तीगत घटना दर्ता तथा दोस्रो त्रैमासिक सम्मको सामाजिक सुरक्षा भत्ता संग सम्बन्धित रहेर सार्वजनिक सुचना गरेको छ ।
वडाहरुमा दर्ता भएका व्यक्तीगत घटनाको विवरण , ईफटि ( इलेक्ट्रोनिक्स फन्ड ट्रान्सफर ) मार्फत भुत्तानी गरिएको सामाजिक सुरक्षा भत्ता लाभग्राहिहरुको विवरण र लगतकट्ठा सम्बन्धि विवरण संङ्कलन गरिएको एम. आई . एस. अपरेटर रमिता पौडेलले बताईन ।
चौदण्डीगढी नगरपालिकामा वडा नं. १ देखी १० सम्मको जन्म हुनेको सङ्ख्या महिला र पुरुषगरि ३८२६ रहेको छ भने मृत्यु हुनेको सङ्ख्या महिला र पुरुषगरि १३१८ रहेको छ । सम्बन्धि विच्छेदको सङ्ख्या २०० रहेको । विवाह दर्ता गर्नेको दर्ता सङ्ख्या १७६३ रहेको छ । बसाई सरि आएको दर्ता सङ्ख्या ७७४ तथा सदस्य सङ्ख्या २३०७ रहेको छ । बसाई सराई जानेको दर्ता सङ्ख्या ५९४ तथा सदस्य सङ्ख्या १८२७ रहेको छ ।
अन्य जेष्ठ नगरिक भत्ताको कायम सङ्ख्या ३६५३ , ज्येष्ठ नागरिक भत्ता ( दलित ) कायम सङ्ख्या ३३९ , ज्येष्ठ नगरिक एकल महिला ४१३ , विधुवा ७०४ , पुर्ण अपाङ्गता
एक वर्षमा ३७५ ले छोडे कानेपोखरी १५४ , अति अशत्त अपाङ्ग ३४६ दलित बालबालिका ५८२ गरि जम्मा कायम सङ्ख्या रहेको छ । नगरपालिकाले पहिलो किस्ता ( साउनदेखि असोज मसान्तसम्म ) रु ५ करोड ९९ लाख ४ हजार ९ सय ६९ र दोस्रो किस्ता ( कार्तिक देखि पुस मसान्तसम्म ६ करोड ३५ लाख १ हजार ४ सय पचास रुपैयाँ EFT मार्फत सामाजिक सुरक्षा भत्ता लाभग्राहीको खातामा भुत्तानी गरेको छ ।
Discussion about this post