६ महिनाभित्र एमसिएच भवन हस्तान्तरण हुने एमविविएसमा स्थानीय कोटा छुट्टाउन उपकुलपति सकरात्मक

धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति र नेपाली कांंग्रेसका स्थानीय नेतृत्वहरु वीच भेटघाट अन्तरक्रिया भएको छ । नेपाली कांग्रेस, क्षेत्र नं. १, सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको नेतृत्वमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीसंग भेटघाट अन्तरक्रिया भएको हो ।

भेटघाट अन्तरक्रियामा उकुलपति डा. गिरीले कांग्रेस प्रतिनिधि मण्डलको विभिन्न जिज्ञासा, सुझाव र ध्यानाकर्षणबारे आप्mनो प्रतिवद्धता र धारणा राख्नुका साथै सहयोग र सहकार्यका लागि अनुरोध गरेका थिए ।
सो अवसरमा डा. गिरीले ४०० शैयाको निर्माणाधीन मातृशिशु स्वास्थ्य केन्द्रको निर्माण कार्य सम्पन्न गरी ६ महिनाभित्र प्रतिष्ठानले हेण्डओभर लिने, फार्मेसीलाई छिट्टै पूर्ण सञ्चालनमा ल्याइने, प्रतिष्ठानको सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन तथा चुहावट रोक्न अनुगमन समिति बनाउने प्रतिवद्धता जनाउंदै एमविविएस शैक्षिक कार्यत्रबmममा स्थानीय कोटा निर्धारण गर्न आफु सकरात्मक रहेको भन्दै प्रतिष्ठानको स्वायत्तता पुनः प्राप्तीका लागि आवश्यक पहल, समन्वय र सहजिकरण गरिदिन समेत आग्रह गरेका थिए । उनले कांग्रेसका प्रतिनिधि टोलीले राखेका विषयवस्तुको स्वागत गर्दै सल्लाह, सुझाव, सहयोग, खबरदारी र ध्यानाकर्षण निरन्तर आवश्यक रहेको बताएका थिए ।

प्रतिष्ठानमा एमआरई मेशिन, भिडियो एक्सरे मेशिन, इन्डोस्कोपी मेशिन, आईसियु र  डायलाइसिस् वेडको अभाव हुंदा नागरिकले सास्ती भोग्न परेको, प्रतिष्ठानको फार्मेसीमा औषधि नपाईने, अधिकांश डेन्टल चेयर्स काम नलाग्ने भएको, प्रतिष्ठानको शौचालयहरु अति दुर्गन्धित र फोहोर भएको, प्रतिष्ठानमा खानेपानीको समस्या विगत लामो समयदेखि समाधान नभएको, प्रतिष्ठानको आकस्मिक तथा नियमित अस्पताल सेवाहरु प्रभावकारी नहुनुका साथै कतिपय शिक्षक कर्मचारीहरुले विभिन्न ल्याव तथा रेडियोलोजी सेवाहरु लिन विरामीलाई खुलेआम वाहिर पठाउने गरेको तथा वाहिर सञ्चालित सेन्टरहरुमा लुकिछिपी काम गर्ने गरेको, प्रतिष्ठानका शिक्षक कर्मचारीहरुको नियमिततवरले वृत्तिविकास नहुने गरेको, राम्रा चिकित्सकहरु पलायन हुने गरेको, शैक्षिक कार्यक्रमहरुमा गुणस्तर खस्कदै गएको, संचालक परिषदको बैठक तथा दीक्षान्त समारोह नियमित नहुने गरेकोे, सुरक्षा र सरसफाई प्रभावकारी नभएको जस्ता जनगुनासाहरुवारे कांग्रेस प्रतिनिधि मण्डलले उपकुलपतिको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधि मण्डलमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, कोशी प्रदेश सदस्य अन्जना राई, सुनसरी जिल्ला सह–सचिव गणेश सुब्बा, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, क्षेत्रीय सचिव महेन्द्र प्रधान, क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरी, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सह–सचिव सुमित राई लगायत सम्मिलित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित