धरान । सुम्निमा पारुहाङ साँझको लागि धरानको घण्टाघरमा राखिएको काउण्टरबाट १६ लाख ५९ हजार संकलन भएको छ ।
शुक्रवार घण्टाघर काण्टरका संयोजक रहेका शिब नाना बान्तवाले कार्यक्रम संयोजक मिना सिङ्गाकलाई संकलित रकम हस्तान्तरण गरिएको हो । सुम्निमा पारुहाङ साँझ गत चैत १० गते सम्पन्न भएको थियो । सुम्निमा पारुहाङको प्रतिमा निर्माण सहयोगार्थको लागि राष्ट्रिय कलाकारको जम्काभेट गरिएका थिए ।
त्यसको लागि घण्टाघर सहित संस्था ब्यक्ति लगायतामा टिकट बिक्रि गरिएका थिए । संयोजक शिब बान्तवाले आफ्नो जिम्मेवारीको भारि बिसाउदै बिभिन्न शिर्षकको टिकट बिक्रि गरि उक्त रकम संकल गरि हस्तान्तरण गरेको हो । टिकटमा पाँच सय,हजार सहित शिलालेखमा लेखाउनेसम्म्को वर्गिकरण गरि बिक्रि वितरण गरिएका थिए । उनले सो रकम मात्र हस्तान्तरण गरेनन कि अर्धकट्टि समेत आयोजकलाई हस्तान्तरण गरेको हो । नाना बान्तवाले आयोजकलाई समेत सतर्क गराउदै जस्ले शिलालेखमा लेखाउन सहयोग दिए उनिहरुको अर्धकट्टि सुरक्षित राख्न समेत सतर्क गराए ।
सुम्निमा पारुहाङ साँझको आय ब्यय निकाल्न सबैतिर पठाएको टिकट र संकलित रकम जम्मा भएपछि एकमुष्ट आयब्यय सार्वजनिक गर्ने तयारी भैरहेको आयोजकले जनाएको छ ।
Discussion about this post