धरान कार्यपालिका बैठक स्थगित,कर्मचारीको सेटिङमा भारतियबाट स्कुल संचालन,कर्मचारीले पैसा खाएर मात्र नक्सा पास र कित्ताकाट गर्ने वडा अध्यक्षको भनाई(बैठकको भिडियो सहित )

 

धरान । धरान उपमहानगर कार्यापालिकाको बैठक आज पनि स्थगित भएको छ । बिहिवार बोलाएको बैठक शुरूवातमा सौहार्द रुपमा संचालन हुँदै गएका थिए । सानातिना सुझाब लिने दिने छलफल बाहेक सरसर्ती निर्णय हुँदै गएका थिए ।

१४ नम्बर प्रस्तावमाथि छलफल हुँदा पछि भने विवाद शुरु भएका थिए । यस प्रस्तावमा कानुन तर्जुमा मस्यौदा समिति गठनमा कुरा बढ्दा मेयरको संयोजकत्वमा समिति गर्ने प्रस्ताव आएका थिए । तर कार्यपालिका सदस्यहरुले उप मेयरको संयोजकत्वमा रहन सुझाब दिएका थिए । तर मेयर हर्क साम्पाङले त्यो सुझाबलाई सिधै इन्कार गरेका थिए । यदि मेयर नै त्यस संयोजक नहुने भए प्रस्ताव रद्द गर्ने चेतावनी दिएका थिए । केहि समयको रस्साकस्सीसंगै आ आफ्ना अडानमा रहे । तर अन्त्यमा प्रस्ताव नै रद्द गरे ।
त्यसपछि क्रमिक रुपमा अगाडि बढ्दै जाँदा विविधमा प्रवेश गरेका थिए । विविधमा बिज्ञान प्रविधि कार्यालय राख्ने भवन मर्मतको प्रस्ताव आउदा त्यसको मर्मत स्रोत सबै कार्यपालिका सदस्यले माग गरेका थिए । तत्कालीन मालपोत कार्यालय रहेको भवनमा बिज्ञान प्रविधिको कार्यालय राख्ने विषयको सम्झौता र मर्मत खर्चको स्रोत सदस्यहरुले माग गर्दा स्पष्ट नपारेपछि विवाद भएका थिए ।

 

तत्काल राख्ने निर्णय मात्र गर्न भनेपछि सबैल्व आशंका गरे । आर्थिक स्रोतको चिन्ता नलिन भन्दै मेयरले त्यो स्रोत जुटाउने काम मलाई दिन भन्दै निर्णय गर्ने अडान मेयरले राखेका थिए । मेयरले धरानमा यस्ताखाले बिभिन्न कार्यालय ल्याउनुपर्ने बताए । उनले कार्यपालिका सदस्यहरुलाई नल्याउने मन्साय भएको आरोप पनि लगाए । यस अघि धरानबाट १३ वटा कार्यालय सार्दा केहि नबोल्ने भन्दै यस्ताखाले कार्यालय रहनुपर्ने अडानमा रहिरहे । प्रस्ताव पारित गर्ने निर्ण नभएको सदस्यहरुबाट जिकिर अनि असहमति हुँदाहुँदै पनि निर्णय भएको मान्ने अडान लिएर मेयरले अर्को प्रस्ताव पढ्न थालेका थिए । अर्को प्रस्ताव पढ्दापढ्दै निर्णय पूर्णत नभएको आवाज आएपछि मेयर उसो भए बैठक स्थगित हुने भन्दै उठेर गएका थिए ।

यसैबीच कार्यपालिका बैठकमा धरानको स्कुलको बिषयमा आएको प्रस्तावमा वडा नम्बर११ मा संचालन भएको स्कुल कर्मचारीको चलेको रहस्य बाहिरीएको छ । शैक्षिक कक्षा अनुमति तथा संचालनको लागि विभिन्न बिद्यालयको रिपोर्टिङ तथा जानकारी गराउने क्रममा धरान कृजि एजुकेसन स्कुल बिपि क्याम्पमा रहेका भारतीय डाक्टरहरुले चलाएको भन्दै त्यसलाई अनुमति नदिन आग्रह गरेका थिए । वडा नम्बर १८ का वडा अध्यक्ष प्रबिन राईले यो स्कुल सबै सेटिङमा चलाएको भन्दै नाम समेत भन्न आफु तयार रहेको बताए । उनले सय प्रतिशत मात्र नभै पाँच हजार प्रतिशत सेटिङबाट संचालन भएको ठोकुवा गरे । कुनै पनि हालतम संचालन अनुमति नदिन भन्दै जसका लागि अध्ययन गर्न सुझाब दिए । यहि विषयलाई सदस्य बिकास भाटिले समेत आपत्ति जनाए । भाटिले अनुगमन गर्दा पनि कसैलाई जानकारी नदिइ प्रशासक गणेश खतिवडा गएको आरोप लगाए । यस कुराले थप आशंका उब्जाएको छ । प्रबिण राईले गरेको दाबिसंगै अनुगमनमा भाटि नलानुमा सेटिङ स्पष्ट भएको देखिन्छ ।
यस बिषयमा सम्बन्धित वडा अध्यक्षले बोल्नुपर्छ भनेर सदस्य सिर्जना नेपालले भनेपछि ११ का वडा अध्यक्ष जंगिएका थिए । उनले अरुले बोलिरहेको भन्दै बिचैमा आफु नबोल्ने भने । पछि ११ का वडा अध्यक्ष लोकेन्द्र भागोले यदि त्यस्तो भए स्वीकृति नदिदा हुने बताए । तर वडा समितिले नै स्वीकृतिको लागि सिफारिस समेत गैससको कुरा प्रशासक गणेश खतिवडाले वाचन गरेका थिए । यस स्कुलको विषय विवादित भएपछि त्यो स्कुलको अध्यन गर्ने भन्दै तत्काल स्वीकृति नदिने निर्णय भएको छ ।

१२ नम्बरका वडा अध्यक्ष टंक राईले कार्यपालिका बैठकमा दोस्रोपटक कर्मचारीले पैसा खाने गरेको खुलासा गरेपछि मेयर हर्क साङ्पाङले कुन कर्मचारी हो त्यसको नाम दिन चुनौती दिए । तर वडा अध्यक्षले चारपाँच जना रहेको भन्दै नाम खुलाउन चाहेन पटकपटक कर्मचारीमाथि गुनासो गरे । घरनक्सा जग्गा कित्ताकाट सम्बन्धिको बिषयमा वडा अध्यक्ष टंक राईले यस्तो अभिव्यक्ति दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित