एक वर्षमा ३७५ ले छोडे कानेपोखरी

दिपेश रोक्का / कानेपोखरी
कानेपोखरी , ११ चैत्र । मोरङको कानेपोखरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०।०८१ फाल्गुन मसान्त सम्मको ७ वटै वडाको कार्यालयमा दर्ता भएको व्यक्तिगत घटना दर्ता तथा दोश्रो त्रैमासिकसम्मको सामाजिक सुरक्षा भत्ता सँग सम्बन्धित रहेर सार्वजनिक सूचना गरेको छ । वडाहरुमा दर्ता भएका व्यत्तिगत घटनाको विवरण, ईफटी (इलेक्ट्रोनिक्स फन्ड ट्रान्सफर) मार्फत भुक्तानी गरिएको सामाजिक सुरक्षा भत्ता लाभग्राहीरुको विवरण र लगतकट्टा सम्बन्धि विवरण सङ्कलन सार्वजनिक गरिएको कानेपोखरी गाउँपालिकाका एम.आई.एस. अपरेटर चुडामणि कोइरालाले बताए ।

कानेपोखरी गाउँपालिकामा वडा नं. १ देखि ७ सम्मको जन्म हुनेको संख्या महिला र पुरुष गरि ६२६ रहेको छ भने मृत्यु हुनेको संख्या महिला र पुरुष गरि २७९ रहेको छ । सम्बन्धविच्छेदको संख्या ४२ रहेको छ । विवाह दर्ता गर्ने हरुको संख्या २६८ रहेको छ । बसाई सरी आएको दर्ता संख्या १३२ तथा सदस्यको संख्या ४०३ रहेको छ । बसाई सरी जानेको दर्ता संख्या १२४ तथा सदस्यको संख्या ३७५ रहेको छ ।

अन्य ज्येष्ठ नागरिक भत्ताको कायम संख्या ३२६२, ज्येष्ठ नागरिक दलित भत्ताको कायम संख्या १६९ ज्येष्ठ नागरिक एकल महिला भत्ता ४३१, विधुवा महिला ७२५ , पूर्ण अपाङ्गता भत्ता १२४, अति अशक्त अपाङ्गता भत्ता २३३, दलित बालबालिका भत्ता २६३ गरि जम्मा कायम संख्या ५२०७ रहेको छ ।गाउँपालिकाले पहिलो किस्ता (साउन देखी असोज मसान्तसम्म) मा रु. ५ करोड १८ लाख ४४ हजार ६ सय पच्चीस र दोश्रो किस्ता (कार्तिकदेखी पुष मसान्तसम्म) मा ५ करोड २४ लाख ४५ हजार ५ सय ६ रुपैयाँ EFT मार्फत सामाजिक सुरक्षा भत्ता लाभग्राहीको खातामा भूक्तानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित