१४ बुदे बिजयपुर घोषणापत्र जारी गर्दै लिम्बु विद्यार्थी मंच सम्पन्न

धरान । लिम्बु याक्थुङ समुदायको विद्यार्थी संगठन लिम्बु विद्यार्थी मंचको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन १४ बुँदे बिजयपुर घोषणापत्र जारी गर्दै सकिएको छ ।
गत चैत ६ गतेदेखि १० गतेसम्म धरानको चुम्लुङ हिममा सम्मेलन भएको थियो । सम्मेलनले लिम्बु याक्थुङ मातृभाषाको शिक्षा,सरकारी कामकाजिको भाषा कार्यान्वयन,कोशी नाम खारेजी लगायतको विषयमा छलफल भै निष्कर्षमा १४ बुँदा बिजयपुर घोषणापत्र तयार भएको हो ।
लिबि मंचले जारी गरेको १४ बुँदे घोषणापत्र :
१ ) लिम्बुवान पहिचान नामेट गर्ने प्रदेशको नाम ‘कोशी’ खारेज गरी ऐतिहासिक पहिचानका आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको स्वायत्त लिम्बुवान नामाकरण गर्न जोडदार माग गर्दछौं । साथै,नेपालको पूर्वी भेगमा लामो समयदेखि चलिरहेको लिम्बुवान आन्दोलनप्रति हामी संसारभरका याक्थुङ र समुदायको तर्फवाट ऐक्यवद्धता प्रकट गर्दछौ।

२. पाक्बुङ लिम्बू भाषालाई प्रदेश नं १ मा कामकाजी भाषाको रुपमा लागू गर्न तत्कालै भाषा निध्येयक संसदमा प्रस्तुत गर्दै राजपत्रमा प्रकाशित गरी कार्यान्वयनको तहमा लैजान प्रदेश सरकारसमक्ष जोडदार माग गर्दछी।

३. संसारभरका याक्युड लिम्बु विद्यार्थीहरुवीच खाम्बो ङ्बा लुम्बोङ्बा साः थिबोङ याक्थुङ, संवायेहाङ येतहाङ थिमको मान्यताअनुसार भाषिक, सांस्कृतिक, अन्तरदेशीय बन्धुत्वका लागि एकताबद्ध हुने घोषणा गर्दछी ।

४. मुन्धुमी स्थल मुक्कुमलुङा से मुक्तिगोक/मुक्तिफोमाड लाई याक्थुङ लिम्बु समुदायले पवित्र स्थल घोषणा गरिसकेको हुँदा सो स्थानमा केबुलकार निर्माणको कार्य तत्काल रोक्न नेपाल सरकार र सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौ। सो स्थलको याक्थुङ मुन्धुमका अनुसार पुनःनामकरण, समुदायमा स्वामित्वको हस्तान्तरण रसंरचनाहरु मुन्धुमी मान्यता अनुकूल राख्न माग गर्दछौं ।

५. याक्थुङ/लिम्बू समुदायको सांस्कृतिक, पुरातात्विक एवम् मुन्धुमी स्वलहरुको संरक्षण, सम्बर्द्धन गर्ने स्थानिय, प्रदेश, राष्ट्रिय एवम् विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने घोषणा गर्दछौ ।

६. लिम्बू बसोबास भएका मुलुकहरुमा याक्थुङ/लिम्बु भाषामा मुन्धुमी परम्परागत ज्ञान, सीप समेटिएको व्यावहारिक, वैज्ञानिक औपचारिक शिक्षाका निम्ति उच्च तहसम्म पहल गर्ने घोषणा गर्दछौ।

७ याक्थुङ लिम्बू आदिवासी अर्थतन्त्र सुदृढीकरण, संरक्षण, सम्बर्द्धन गर्दै याक्थुङ समुदायसंग सम्बन्धित बौद्धिक, साँस्कृतिक, खाद तथा पेय पदार्थ लगायतका सम्पत्तिहरुको प्रतिलिपि अधिकार सुरक्षा गर्न संयुक्त राष्ट्रसंघको सांस्कृतिक निकाय यूनेस्को लगायत राष्ट्रिय रुपमा दर्ताका लागि पहल गर्दछौ ।

८. लिम्बुवान लगायतका याक्थुङ लिम्बूको ऐतिहासिक थातथलोका अप्रभंसी स्थाननाहरु याक्थुङ/लिम्बुभाषामे नामकरण गराउन पहल गर्ने घोषणा गर्दछौं ।

९. याक्थुङ/लिम्बु विद्यार्थीहरुलाई राजनीति, प्रशासन, शिक्षा र उद्यमशीलताको क्षेत्रमा प्रवेशका निम्ति प्रोत्साहित गर्न अभिमुखीकरण र जनचेतना विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

१०. प्रदेश नं. १ मा याक्थुङ/लिम्बुहरुको मुन्धुम तथा भाषा लिपि साहित्यको वृद्धि विकास गर्दै पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गर्न जोडदार पहल गरिनेछ ।

११. याक्थुङ/लिम्बुहरुको प्रथाजनीत कानूनलाई अन्तरदेशिय एकरुपता प्रदान गर्न प्रतिवद्धता गर्दछौं।

१२. आगामी पाँच वर्षभित्र लिम्बू विद्यार्थीहरुको तेस्रो अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गर्ने घोषणा गर्दछौं ।

१३. लिम्बू विद्यार्थीहरुको स्थापना दिवसका दिन चैत ६ गते लाई प्रत्येक वर्ष याक्युङ लिम्बू विद्यार्थी दिवस। याक्थुङ निछाम्सा येन्। मनाउने घोषणा गर्दछौं।

१४. संसारभरका याक्थुङ लिम्बु विद्याचीहरुको हक, अधिकार, संरक्षण सम्बर्धन र प्रवर्धन गर्नका लागि तपशिर अनुसारको अन्तराष्ट्रिय समन्वय समिति गठन गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित