सुम्निमा पारुहाग साँझमा मौसमले साथ देला,के भन्छ मौसम विभाग

धरान । आज चैत १० गते धरानमा सुम्निमा पारुहाङ साँझ हुँदैछ । तर हिजोदेखि छिटपुट वर्षा शुरु भएदेखि अहिले बिहान केहि ठूलो वर्षा भैरहेको छ ।
नेपालमै पहिलो राष्ट्रिय कलाकारको धमाका सुम्निमा पारुहाङ प्रतिमा निर्माण सहयोगार्थ सांगीतिक कार्यक्रम भैरहेको छ । तर आज हुने कार्यक्रममा मौसमले साथ नदिने होकि भन्ने चिन्ता बिहानको पानी पर्नाले जगाएको छ ।
जल तथा मौसम बिज्ञान विभा मौसम पुर्वानुमान महाशाखाले आजको मौसम सम्बन्धि के हुन्छ भन्ने कुरा सार्वजनिक गरेको छ । आजको मौसम सम्बन्धि महाशाखाको पुर्वानुमान यस्तो छ :

२०८० चैत १० गते (शनिबार)
दिउँसो: प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ।१ नम्बर   प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी  प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।१ नम्बर  प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती:  देशभर आंशिक बदली रहने छ। १ नम्बर   प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित