एन आइ सि एसियाको वित्तिय साक्षरताको जनचेतना कार्यक्रम सम्पन्न्

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

दिपेश रोक्का / कानेपोखरी
कानेपोखरी , ९ चैत्र । मोरङको कानेपोखरी ६ मा रहेको एन आइ सि एसिया रमाइलो शाखाको आयोजनामा एक दिने वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । रमाइलो बुहुमुखी क्याम्पसको विधार्थीहरुलाई वित्तिय साक्षरताको लागि जनचेतना कार्यक्रम गरिएको शाखा प्रबन्धक रोयल राईले बताउनु भयो ।

वित्तीय साक्षरता अन्तर्गत देश भरिका शाखाहरूमार्फत छनौट गरिएका स्कुल तथा कलेजहरूमा बैंकिङ साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको हो।

उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो।
विधार्थीहरुलाई वित्तिय साक्षरताबारे जानकारी गराउनको लागि तथा जनचेतना गजाउनको लागि कार्यक्रमको आयोजना गरिएको रमाइलो शाखाको कर्मचारी हेमन्त बस्नेतले बताउनु भयो ।


बैंकले विगतका वर्षहरूदेखि देशका सातै प्रदेशहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरूमार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
कार्यक्रमको अध्यक्ष कानेपोखरी ५ वडा अध्यक्ष चरण गुरुङ रहनु भएको थियो । कार्यक्रमको प्रशिक्षण रमाइलो शाखाको शाखा प्रबन्धक रोयल राईले गर्नु भएको थियो । कार्यक्रममा रमाइलो शाखाको कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रममा रमाइलो क्याम्पसको विधार्थीहरुको उपस्थिति रहेको थियो । बैंकको सातै प्रदेशमा ३६० कार्यालयहरु संचालनमा छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित