धरान । नेकपा एमालेका धरान उपमहानगर समिति उपाध्यक्ष पारस काङमाङले बोले अभिव्यक्ति विरुद्ध अनलाइन मिडिया एसोसिएसनले आपत्ति जनाएको छ ।
अनलाइन मिडिया एसोसिएसनका अध्यक्ष स्वर्णिम लिम्बु र सचीव अशोक बिश्वकर्माद्वारा संयुक्त हस्ताक्षरित बिज्ञप्ति जारी गर्दै काडमाडले कुम्भ मेलाको विषय र प्रसङ्ग चाहिर रहेर अनलाइन मिडियाकर्मीहरुलाई मानमर्दन गर्दै सर्वपक्षीय सर्वदलीय बैठमा अभिव्यक्ति दिएको आरोप छ । काङमाङले आफ्नौ पाटीको अनुमति बिना प्रकाशन प्रशारण नगर्न भनी दिएको अभिव्यक्ति निन्दनीय छ जुन कुरा प्रेस स्वतन्त्रता विरुद्धको धन्जी हो, उल्लेख छ। पारस काङमाङले बैठकमा बोलेको उक्त कुरा प्रकाशन प्रसारण गर्नका लागि उनी र उनको पाटीको अनुमति लिइरहनुपर्ने आवस्यकता नभएको भन्दै यो भनाइ राजा ज्ञानेन्द्रको शासनकालको सेन्सरभन्दा पनि निरंकुश स्तरको रहेको ठहर यस एसोसिएसनको रहेको उल्लेख छ।
बिज्ञप्तिको पुर्ण पाठ:
प्रेस विज्ञप्ति
मिति: २०८०/१२/०८
मिति २०८० साल चैत ७ गते धरान उपमहानगरपालिकाको बैठक हलमा भएको पिण्डेश्वर पूर्ण कुम्भ मेलाको विषयमा बोल्ने क्रममा नेकपा एमाले परान उपमहानगर कमिटीका उपाध्यक्ष पारस काडमाड बोलेको अभिव्यक्तिप्रति यस अनलाइन मिडिया एसोसिएसन नेपाल घोर भत्सर्ना गर्दछ।
देशकै प्रतिष्ठित पिण्डेश्वर महाकुम्भ मेला सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरामा हुने विषयमा धरान उपमहानगरपालिकाको बैठक हलमा सर्वपक्षीय सर्वदलीय बैठमा चोल्ने क्रममा उपाध्यक्ष काडमाडले कुम्भ मेलाको विषय र प्रसङ्ग चाहिर रहेर अनलाइन मिडियाकर्मीहरुलाई मानमर्दन गर्दै उनैको सम्पत्ति जस्तैगरी रोजिरोटी गुम्नेसम्मको चुनौती दिदै बोलेका छन। त्यत्ति मात्र नभएर देशका ठूला दल नेकपा एमाले हो। यही पार्टीमा रहेका काङमाङले आफ्नौ पाटीको अनुमति बिना प्रकाशन प्रशारण नगर्न भनी दिएको अभिव्यक्ति निन्दनीय छ जुन कुरा प्रेस स्वतन्त्रता विरुद्धको धन्जी हो।
यस एसोसिएसन विषेश गरी अनलाइन पोर्टल न्युज र अनलाइन भोडियो सामग्री प्रशारण गर्ने मिडियाकर्मीहरुको साझा संस्था हो। यस संस्थाले प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहितालाई ध्यानमा राख्दै श्रव्यदृश्य सामग्री प्रसारण गर्ने उद्देश्य रहेको छ। साथै युटुबलाई विश्वसनीय समाचार तथा तथ्यको स्रोत चनाउनु यस संस्थाको उद्देश्य रहेको यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहनछौं।
पारस काङमाङले बैठकमा बोलेको उक्त कुरा प्रकाशन प्रसारण गर्नका लागि उनी र उनको पाटीको अनुमति लिइरहनुपर्ने आवस्यकता नै छैन। हलभित्र नै भए पनि कुम्भ मेलाको तयारी सम्बन्धी बैठक गोप्य समेत होइन। पत्रकारितामा प्रकाशन प्रसारण नगर्नु भनेको अवस्थामा आवाज तथा दृष्य लिन नहुने पनि आचारसंहितामा छ। पारस काङमाङको यो भनाइ राजा ज्ञानेन्द्रको शासनकालको सेन्सरभन्दा पनि निरंकुश स्तरको रहेको ठहर यस एसोसिएसनको छ। पारसले भनेजस्तै उसको हालसम्मको कुन भिडियो अभिव्यक्ति कसले र कुन मिडियाले काँटछाड गरी प्रसारण गर्दा केकति मानमर्दन भए त्यो देखाउन चुनौति दिन्छौं। यदि यस्तो भएको खण्डमा नियमन गर्ने संस्था प्रेस काउन्सिल रहेकाले त्यहाँ उजुरी दिन समेत सुझाउँछौं।
अभिव्यक्तिकै क्रममा युटुबलाई अन्य देशमा जस्तै नेपालमा मान्यता नदिएको र पत्रकारितामा पर्दैन भन्ने कुरा छ जुन हाँस्यादप र गलत छ। नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय राष्ट्रिय प्रसारण ऐन २०४९ को राष्ट्रिय प्रसारण (एघारी संशोधन) नियमावली २०७८ को दफा २ मा राष्ट्रिय प्रसारण नियमावली २०५२ को नियम २ मा संशोधन स्राष्ट्रिय प्रसारण नियमावली २०५२ यसपछि (मुल नियमावली भनिएको) नियम २ को (२) खन्ड (ग ३) पछि देहायका खण्ड (ग. ४) (ग ५) र (ग६) थपिएका छन् (ग६) अनलाइन टेलिभिजन (इन्टरनेट टि.भी.) भन्नाले इन्टरनेटमार्फत आफैले उत्पादन गरी नियमित रूपमा श्रव्य दृश्य कार्यक्रम प्रसारण गर्ने कार्य सम्झनु पर्छ भनेर नियमावली बनिसकेको छ।
त्यसैगरी प्रेस काउन्सिल नेपालले पोर्टल न्युजसँग रहेको युटुब सामाजिक सञ्जाल फेसबुक, फेसबुक पेज, ट्विटर सबै उल्लेख गरेर सूचीकरण गरिरहेको छ। सरकारी संचार नेपाल टेलिभिजन समेत युटुबमार्फत प्रसारण भइरहेको अवस्थामा त्यसलाई वैध र अवैध के भनेर व्याख्या गर्ने त ? युटुबलाई पत्रकारिता नमान्ने काङ्माङले नेपाल पत्रकार महासंघमा आबद्ध भएका राजनीतिक दलका भातृसंगठन पत्रकार संगठनका पत्रकारले चलाएको
युटुबलाई पत्रकारिता मान्ने कि नमान्ने यदि युटुब अवैध मान्ने हो भने मुटुक्याट आएको रिभेन्युलाई बैंकमार्फत स्थायी लेखा नम्बर मागेर राज्यले कर लिइरहेको छ यसको जवाफ पारस काडमाडले कसरी दिन्छর
संचार माध्यम पत्रकारिता जगतमा पर्दछ जुन राज्यको चौथो अंगको रुपमा लिइन्छ भने अभिव्यक्ति दिए। कोरोना कालमा छापा मिडिया मून्य भएका अवस्थामा एकमात्र संचार अनलाइन मिडियाको देन रहे। पछिल्लो समयमा छापा संचार होक दिन खुम्चदो छ। अनलाइन मिडिया अग्र गतिमा छ। अपामा आउने सामग्री छिनभरमा युटुब सहित अनलाइनको कारण आइरहेको छ। अनि कहनिर के भयो हुबहु बिना सम्पादन आउनु नै युटुव अनलाइनको राघो पक्ष हो। अडियो संचार एफएम समेत युटुव अनि सामाजिक संजाल फेसबुकमा आउन थालेपछि यसको महत्व केकति छ भन्ने कुरा छर्लङ्ग छ। रोजिरोटीको कुरा भन्दैमा आचारसंहितामा विपरीतको ग्रामपी प्रकाशन प्रसारण हुनु गर्नु हुँदैन। पुरानी संचार शैलीले तथा संचारगृहले पत्रकारको श्रमशोषण गरेकै कारण श्रमजीवी पत्रकार ऐन ल्याएको हो तर युटुबकै कारण सबै युटुब चलाउने बाहेक केही युटुब मडिया स्वरोजगार कन सकेका छन्। विश्व प्रविधिमैत्री भइसकेका अवस्थामा अनलाइन मिडियालाई पारस काडमाडले रोक लगाउन भनेको राजा ज्ञानेन्द शाहको भन्दा घटिया तवरका निरंकुशता लाट्ने चाहना राखेको हाम्रो ठहर गर्दै हामी तपसिलका प्रश्न गर्न चाहन्छ पारस काङमाङलाई :
१) मिडियालाई रोक लगाउन खोज्ने पारस काङमाङ सार्वजनिक रुपमा भाषण नगर्ने बाँचा गर्न सक्छ कि सक्दैन?
२) मिडियालाई काँटछाट गरेको आरोप लगाईरँदा उनका पार्टीको शिर्ष नेताले बाउको बिर्ता हो? आतंककारी जस्ता शब्दको जिम्मा लिन्छ कि लिदैन?
३) उनि र उनको पार्टी एमाले अव हरेक सार्वजनिक कार्यक्रम गर्दा अनुमति लिएको मिडिया बाहेक मात्र राखेर कार्यक्रम गर्छ कि गर्दैन?
४) आफ्नो पार्टीको पत्रकार भातृसंगठ प्रेस चौतारीमा रहेका पत्रकार मिडियाले चलाएको युटुबलाई अबैध भनेर संचालन गर्नमा रोक लगाउछ कि लगाउदैन?
५) रेडियो धरानमा फुलबारी कार्यक्रम समेत चलाएका पारस काङमाङ रोजिरोटिबाट हात धोएका पत्रकारको पक्षमा श्रमजिबि ऐन अनुसार रोजगार दिलाउन सक्छ कि सक्दैन?
६ ) पारस काङमाङ र उनका पार्टी सामाजिक संजाल अनलाइन बाहेक मुक्त रहि पुरानो शैलिको छापा संचार,रेडियो एफएम,ठुला टेलिभिजनको भरमा मात्र रहेर गतिविधि प्रकाशन प्रशारण गर्छ कि गर्दैन?
नेकपा एमालेको जिम्मेवार व्यक्तिले मिडियामाथि बोलिएको धावा निन्दनीय रहेकाले घोर आपत्तिजन्य र भत्रनांयोग्य रहेको छ। पारस काङ्माङको यो अभिव्यक्ति सच्याउन फिर्ता लिई पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहन सचेत गराउँदै बैठकमा बोलिएको अभिव्यक्ति फिर्ता लिन यसै विज्ञप्तिमार्फत माग गर्दछौं।
पिण्डेश्वर महाकुम्भ मेलाका विषयमा भएको बैठकमा युट्युब र सामाजिक सञ्जालका विषयलाई लिएर विषय र प्रसङ्ग बिना जुन अभिव्यक्ति पारस काङमाङले दिएका छन् यो प्रेस स्वतन्त्रताको बर्खिलाप र तानाशाही प्रवृति देखिएकाप्रति हामी अनलाईन मिडिया एसोसिएसन नेपाल घोर भत्र्सना आफ्ना अभिव्यक्ति फिर्ता लिई सच्चिन यसै विज्ञप्तीमार्फत आह्वान गर्दछौं।
Discussion about this post