जनता समाजवादी धरानको विवाद मिल्यो,२७ गतेको सुज अभियान स्थगन

भाद्र २६, धरान । जनता समाजवादी पार्टी धरानको भदौ २७ गतेको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान तत्कालका लागि स्थगित भएको छ।

सुज अभियान सुनसरीले दिपक मेयाङ्बो र कृष्ण लिम्बुलाई दिएको जिम्मेवारीबाट असन्तुष्ट भएको बिषयले धरानमा किचलो उत्पन्न भएका थिए । सुनसरी जिल्ला सुज अभियान समितिले धरान नगर समितिलाई कुनै सल्लाह नगरी एकतर्फी रुपमा जिम्मेवारी दिएर विवादमा ल्याएको भन्दै धरान नगर समितिले जिम्मेवारी फेर्नको लागि भनेर पत्राचार समेत गरेका थिए । यसरी पत्राचार गरिएकोमा दिपक मेयाङ्बोको स्थानमा दुर्गामाया लिम्बू, भिम राई तथा जेन्टल लावती मध्ये एक जना  हुनुपर्ने र कृष्ण लिम्बुको स्थानमा तेन्जिङ शेर्पा देवराज राई लगायतको बैकल्पिक नाम समेत तोकेर पठाएका थिए । नगर समितिले पार्टी थप मजबुत बनाउन तथा सबैलाई समेट्नको लागि पनि सुज अभियानका नेतृत्व फेर्नुपर्ने भनेर आवाज उठाएका थिए । सुज अभियानको लागि भनेर भदौ २७ गते वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यमा कार्यक्रम समेत तयारी गरिसकिएका थिए । तर पार्टीलाई थप मजबुत र विवाद रहित बनाउने भन्दै जसपा धरान नगर समितिमा शनिबार भएको छलफलले तत्काल २७ गतेको सुज कार्यक्रम स्थगित गरिएको कुरा धरान नगर उपाध्यक्ष हेमराज जिमि याक्खाले जानकारी दिए । उपाध्यक्ष याक्खाले धरान नगर भित्रको विवाद नमिलेसम्म सुज अभियान स्थगित गर्ने निर्णय तथा सहमति भएको बताए । धरान समितिमा बसेको बैठकमा सुनसरी जिल्ला सुज अभियानका संयोजक परशुराम बस्नेत,जसपा सुनसरी अध्यक्ष भगिरथ खत्वे लगायत  समेतको उपस्थितिमा विवादलाई समाधान गर्न थप छलफल भएपछि तत्काललाई स्थगित गरिएको बताए । सुज अभियान सुनसरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ का संयोजक दिपक मेयाङ्बोले पनि शनिबार भएको छलफलले २७ गतेको सुज अभियानको औपचारिक कार्यक्रम स्थगित भएको बताए । मेयाङ्बोले पार्टीलाई थप मजबुत र संगठित बनाएर लाने कुरामा सहमति भएको भन्दै २७ गतेको कार्यक्रम स्थगित भएको बताए । सुज अभियान क्षेत्र नम्बर १ सुनसरीको कार्यक्रम धरान नगर समितिसंग समन्वय गरेर आगामी दिनमा कार्यक्रमको मिति तोकिने बताए । जनता समाजवादिले चार महिनाको लागि संगठन बिस्तार सुदृढीकरण तथा जनजागरण अभियानको कार्यक्रम देशभर थालिएको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार