प्रथम मिस शिङसा भोटियाको आयोजना हुने,ग्रान फिनालेमा १४ जनालाई सम्मान गरीने

भाद्र २६, धरान । शिङसा भोटिया समूदायको सर्वांगीन बिकास गरिने  उद्देश्यले प्रथम मिस शिङसा भोटिया २०२२ को आयोजना हुने भएको छ । बज्रकिल्या प्रोडक्सनको आयोजनमा हुन लागेको शिङसा भोटियाको हाल डिजिटल अडिसन शुरु भएको छ । देशविदेशमा रहेकाले सहभागी जनाउन सकिने यस प्रतियोगितामा न्यूनतम शैक्षिक योग्यता भने एसइइ उतिर्ण हुनुपर्ने कूरा बज्रकिल्याका संस्थापक तेन्जिन भोटियाले जानकारी दिए । फाइनल तथा ग्रानफिनाले भने डिसेम्बरको १८ तारीखमा हुने जनाएको छ । ग्रानफिनाले काठमाण्डौ स्थीत नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिमा हुने जनाएको छ । ग्रानफिनालेको प्रत्यक्ष प्रसारण काष्टमण्डप टेलिभिजनबाट गरिने पनि आयोजकले जानकारी दिएको छ ।

             १४ जनालाई सम्मान गरिने
प्रथम मिस शिङसा भोटिया २०२२ को ग्रानफिनालेको अवसरमा १४ जना बिभिन्न व्यक्तिहरुलाई सम्मान गरीने जनाएको छ । यस समूदायमा रहेर बिभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्नका लागि आयोजकले १४ जना छनौट गरेर नाम समेत सार्वजनिक गरेका छन । यसरी सम्मानित हुने व्यक्तिहरुमा शिङसा भोटिया समाजसेवी कर्मातेन्जीन भोटिया,कर्मा भोटिया छन । त्यसैगरी संगीत क्षेत्रमा शिङसा भाटिया संगीत सम्मान उमाङ भोटिया,गुरु भोटिया,छिरीङ भोटिया रहेका छन । शिङसा भोटिया युवा उद्यमी सान्डुक भोटे,ज्येष्ठ सगरमाथा आरोही फुपुरिदर भोटे,अन्तराष्टिय प्रमाणित पथ प्रदर्शक ज्यम्याङ भोटे रहेका छन । त्यसैगरी शिङसा भोटिया शैक्षिक सम्मान किङसन लामा,छेवाङ भोटिया,रहेका छन । सम्मानका लागि शिङसा भोटिया कलाकारीतामा योनदेन भोटे,सर्वोत्कृष्ट अध्यक्ष ज्याबु भोटे, शिङसा भोटिया पत्रकारिता निमा पोंस्युवा सफल व्यावसायी सम्मान छिरिं पान्दें भोटे रहेका छन ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार