यस स्मारकले फेदापको इतिहास तथा पहिचान बंग्यायो

भाद्र २५,धरान / तेह्रथुम जिल्ला फेदाप गाउपालिकामा निर्माण भैरहेको पुर्खाको स्मारक भनेर प्रचारबाजी गरिएका स्मारकाले इतिहास तथा पहिचान बंग्याएको भन्दै सच्याउन माग गरिएको छ । फेदाप समाज केन्द्रिय अध्यक्ष सन्तोष कुरुम्बाङले  प्रेस बिज्ञप्ति जारि गर्दै निर्माणाधीन स्मारकप्रती आपत्ति जनाएको छ । जारि प्रेस बिज्ञप्तिमा फेदापको इतिहासमा केहि चासो देखाए पनि प्रयाप्त छलफल र अध्ययन बिना हचुवाको तालमा फेदाप गाँउपालिकाले फेदापको पुर्खा भनि स्मारक निमार्ण गरेकोमा हाम्रो गम्भीर ध्यानकर्षण भएको छ उल्लेख छ । फेदापको इतिहास तथा पहिचान झल्काउने फेदापेहरुको पुर्खा भनि निमार्ण गरेको भनिएको स्मारकले फेदापको इतिहासलाई विगारेको, बङगाएको तथा छोट्याएको आरोप छ । स्मारक निमार्ण गर्दा प्रयाप्त छलफल, अध्ययन तथा खोज अनुसन्धान गर्नु पर्नेमा सामान्य सुझबुझ समेत नराखी निमार्ण गरीएको यस स्मारकले फेदापको समग्र इतिहास लाई ओझेल पार्ने भएकाले तत्काल परिमार्जीत गरी पुन निमार्ण गरीयोस भनि यसै विज्ञप्ती मार्फत माग गर्दछौ भनि चेतावनी दिएको छ । बिज्ञप्तिमा कुनै स्थानिय सरकार तथा ब्यक्तीलाई कसैको इतिहास विगार्ने तथा बङगाउने अधिकार छैन भन्दै तथर्स यस स्मारक ले फेदापेको इतिहास तथा पहिचान झल्काउने भन्दा पनि इतिहास विगार्ने तथा बङगाउने भएकाले यस्तो कार्य नगर्न नगराउन हुन बिज्ञप्ति मार्फत जोडदार माग गर्दछौ भनिएको छ ।

 विज्ञप्ति

नेपाल एक बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मीक मुलुक हो । पुर्वी नेपाल लिम्बुवानमा बसोबास गर्ने सर्बै जातिको आफ्नो संस्कार सँस्कृति रहेको छ । यस भुगोलले छुट्टै इतिहास तथा अस्थित्व बोकेको छ । नेपाल ऐकिकरणको क्रममा यस भूमीलाई जित्न नसकेर सम्झौता गरी ऐकिकरण गरीएको लिम्बुवान भूमीको आफ्नै इतिहास रहेको छ । लिम्बुवान अन्तरगतको फेदाप क्षेत्र एक ऐतिहासिक सासकिय भुगोल हो । फेदाप थुमगत संरचनाताको एक थुम मात्र नभएर यो लिम्बुवानको प्राचिन ऐतिहासिक राज्य हो । यसको इतिहास लिम्बुवान भन्दा पुरानो छ । इमानसिंह चेम्जोङले वर्तमान लिम्बुवान भुगोल नै फेदाप भनेर भनिन्थीयो भनि भनेका छन् । इतिहासकारहरुले विभिन्न पुस्तकहरुमा फेदाप, विजयपुर राजाको सम्बन्ध र तराई पहाड सासन सञ्चालन ब्यावस्थाको समेत चर्चा गरेका छन् । वर्तमान आठराई र छथर फेदापबाट छुटेको ताजा इतिहास छ । यसर्थ फेदाप एक ऐतिहासिक प्राचिन राज्य हो । यसको प्रयाप्त अध्ययन तथा अनुसन्धान हुन सकेको छैन । यस सम्बन्धी इतिहासकारहरुको गहन अध्ययनको आवस्यक्ता महशुस गरीएको छ । यती लामो इतिहास तथा महत्व बोकेको यस फेदाप राज्यको इतिहास खोज गर्नु, विकास तथा प्रचार गर्नु राज्य तथा सम्बन्धीत सरोकारवालाहरुको साझा दायीत्व हो । पछिल्लो समय देश संघीय संरचनामा रुपान्तरण भए पछि फेदाप स्थानीय तह को रुपमा कायम भएको छ । सोही स्थानीय तहले फेदापको इतिहासमा केहि चासो देखाए पनि प्रयाप्त छलफल र अध्ययन बिना हचुवाको तालमा फेदाप गाँउपालिकाले फेदापको पुर्खा भनि स्मारक निमार्ण गरेकोमा हाम्रो गम्भीर ध्यानकर्षण भएको छ । फेदापको इतिहास तथा पहिचान झल्काउने फेदापेहरुको पुर्खा भनि निमार्ण गरेको भनिएको स्मारकले फेदापको इतिहास लाई विगारेको, बङज्ञाएको तथा छोट्याएको छ । स्मारक निमार्ण गर्दा प्रयाप्त छलफल, अध्ययन तथा खोज अनुसन्धान गर्नु पर्नेमा सामान्य सुझबुझ समेत नराखी निमार्ण गरीएको यस स्मारकले फेदापको समग्र इतिहास लाई ओझेल पार्ने भएकाले तत्काल परिमार्जीत गरी पुन निमार्ण गरीयोस भनि यसै विज्ञप्ती मार्फत माग गर्दछौ । साथै कुनै स्थानिय सरकार तथा ब्यक्तीलाई कसैको इतिहास विगार्ने तथा बङ्ज्ञाउने अधिकार छैन । तथर्स यस स्मारक ले फेदापको इतिहास तथा पहिचान झल्काउने भन्दा पनि इतिहास विगार्ने तथा बङ्ज्ञाउने भएकाले यस्तो कार्य नगर्न नगराउन हुन जोडदार माग गर्दछौ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार