दश लाख पुरस्कारको फुटसल खेल्न धराने खेलाडी पोखरा जाँदै

भाद्र २५, धरान । दश लाख पुरस्कार राशी भएको प्रथम राष्ट्रि«य फुटसल प्रतियोगितामा भाग लिन धरानबाट खेलाडी जानेभएका छन ।

प्रतियोगितामा भाग लिने खेलाडीको लागि धरानको भिन्टेज रेष्टुेन्ट बगरकोटमा बिदाइ कार्यक्रममा प्रतियोगिता बारे जानकारी दिएका थिए ।खेलका लागि यहि भदौ २८ गते पोखरा जादैछ । द राइजिङ फुटबल क्लबले आयोजना गरेको बिदाइ कार्यक्रम क्लबका म्यानेजर रबि राईले प्रदेश १ बाट धरानका खेलाडी छनौट भएको बताए । एन्फाले आयोजना गरिएको सो प्रतियोगितामा फिफाको नियम अनुसार नै खेल हुने कूरा म्यानेजर राईले बताए । प्रथम हुनेले दश लाख पुरस्कार पाउने सो खेलमा दास्रो हुनले पाँच लाख पाउने बताए ।
तीन महिना अघि नै छनौट प्रतियोगितामा धराबाट १४ जना खेलाडी सहित १७ जना पोखरा जाने भएको बताए । असोज २ गतेबाट शुरु हुने सो खेल २२ गतेसम्म हुने बताए । लिगमा खेलाइने सो खेलमा जम्मा देशभरबाट १० टिमले भाग लिने जनाएको छ ।

बिदाइ कार्यक्रम फिजिकल ट्रनिङ एसोसिएसनका अध्यक्ष पर्वत राईको प्रमूख आतिथ्यमा भएका थिए । प्रमूख राईले खेल सामूहिक रुपमा खेल्नपर्ने हुनाले कसैले गल्ती गरेमा पनि नरिसाइकन खेल्न सल्लाह दिए । उनले खेल खेल्नका लागि शारिरीक मानसिक तन्दुरुस्ती हुन जरुरी पर्ने भन्दै साथीले गरेको गल्तिमा नरिसाइकन सुझाब दिए । बिदाइ कार्यत्रक्रममा विशेष अतिथि पाथिभरा टोल बिकास समितिका अध्यक्ष कुमार श्रेष्ठले खेलका लागि शारिरीक मानसिक रुपमा तन्दुरुस्त हुन आवस्यक भएको बताए । भुपु सेना समेत रहेका श्रेष्ठले आफू पनि भलिबलका खेलाडी रहेको चर्चा गर्दै सफलताको शुभकामना दिए ।

पोखरा जानको लागि आफनै खर्चसंगै मूख्य प्रायोजकको रुपमा गोकुलम रिसोर्टले एक लाख बराह ज्वेलरीले टिसर्ट तथा भिन्टेजले सहयोग गरेको बताए । खेलको कोचको रुपमा युगेन्द्र गरुङ रहने कूरा बिदाइ कार्यक्रमा जानकारी दिए । सोहि खेलबाट राष्ट्रि«य खेलाडी समेत छनौट हुने बताए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार