जनता समाजवादि धरानमा किचलो,दिपक मेयाङ्बो र कृष्ण लिम्बूलाई अस्वीकार गरिने

भाद्र २१, धरान / जनता समाजवादी पार्टीको सुज अभियान शुरु हुने क्रममा सुनसरी जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ र प्रदेश सभा निर्वाचन १ (क) मा जिम्मेवार तोकिएका दिपक मेयाङ्बो र कृष्ण लिम्बुलाई अस्वीकार गरिने भएको छ।

जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको मंगलबार बसेको पदाधिकारी बैठकले पार्टी केन्द्रिय कार्यकारिणी सदस्य तथा सुज अभियान सुनसरी संयोजक  परशुराम बस्नेतको अध्यक्षतामा बसेको वैठकले कार्य विभाजन गर्दा सुनसरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र न १ संयोजकमा केन्द्रिय सदस्य दिपक मेन्याइवो र प्रदेश सभानिर्वाचन क्षेत्र न.१ (क) संयोजकमा मनोनयन प्रकियानै विवादमा रहेको प्रदेश नं. १ सदस्य कृष्ण लिम्बूलाई सुज अभियानको जिम्मेवारी प्रदान गरेको प्रति धरान उपमहानगर समितिको गम्भिर ध्यानाकर्षण भएको साथै उक्त निर्णयमा असहमत रहेको जनाकारी गराउदछौ भनेर पत्राचार गरिएको छ ।

ताजुप लिम्बुको अध्यक्षतामा बसेको बैठकको पत्रमा सिफारिस गरिएको व्यक्तित्व तथा केन्द्रिय सदस्यहरु दुर्गामाया लिम्बु, भिम राई र दलमर्दन विषयमाकुनै सुनुवाई नभएको प्रति दुख व्यक्त गरिएको उल्लेख छ।

त्यसैगरी उक्त स्थानमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र न १ को संयोजक केन्द्रिय सदस्यहरु भिम राई दुर्गा माया लिम्बू र जेन्टल लावती मध्ये एक र प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (क) ‘को संयोजक प्रदेश नं १ सदस्यहरु तेन्जिङ शेर्पा र देवराज राई मध्य एकलाई तोकि पठाउन अनुरोध तथा माग गर्न निर्णय सहितको पत्र पठाएको छ । पत्रमा हाम्रो माग पुरा नभएमा सुज अभियानमा धरान उपमहानगर समिति संस्थागत रुपमा सहभागी नहुने  निर्णय गरेको पठाएको छ ।

श्री संयोजक ज्यू
जसपा नेपाल सुज अभियान, सुनसरी ।

विषय :- सुज अभियान संयोजक सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा हाल नेपालको राजनैतिक परिवेश, परिस्थीति, घटनाकम र वातावरणमा पार्टीलाई शैदान्तिक, बैचारिक तथा संगठनात्मक रुपमा शसक्त र मजबुत बनाउदै नेपालको तेस्रो धारको रुपमा स्थापित विचार र संगठनलाई वैकल्पिक शक्तिको निर्माणको लागि मिति २०७८ भाद्र १ र २ गते बसेको पार्टी केन्द्रिय समितिको बैठकले पार्टी सुदृढीकरण तथा जनजागरण (सुज अभियान निर्देशिका पारित गर्दै कार्यन्वयनको लागि पठाएको प्रति धरान उपमहानगर समिति खुशी व्यक्त गर्दछ । यस अभियानले भरखर मात्र पार्टी विभाजनले कार्यकर्ताहरुमा कम हुदै गएको मनोवल उच्च राख्न र आगामी निर्वाचनमा पार्टीलाई शसक्तरुपमा प्रस्तुत गर्ने महत्वपूर्न भुमिका खेल्ने कुरामा हामी विश्वस्त छौं । धरान उपमहानगर समिति यस अभियानको पुर्न सफलताको कामना पार्देछौं र यस अभियान सफल बनाउन हामी सकिय रुपमा आफ्नो भुमिका निर्वाह गर्न चाहान्छौं ।

तर पार्टीमातहत कमिटिहरुको भावना र मर्मलाई आत्मासातनगरी जसपा नेपाल सुज अभियान, सुनसरीको मिति २०७८ भाद्र १६ गते पार्टी केन्द्रिय कार्यकारिणी सदस्य तथा सुज अभियान सुनसरी संयोजक श्री परशुराम बस्नेतको अध्यक्षतामा बसेको वैठकले कार्य विभाजन गर्दा सुनसरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र न १ संयोजकमा केन्द्रिय सदस्यदिपक मेन्याइवो र प्रदेश सभानिर्वाचन क्षेत्र न. १ (क) संयोजकमा मनोनयन प्रकियानै विवादमा रहेको प्रदेश नं. १ सदस्य कृष्ण लिम्बूलाई सुज अभियानको जिम्मेवारी प्रदान गरेको प्रति धरानउपमहानगर समितिको गम्भिर ध्यानाकर्षण भएको साथै उक्त निर्णयमा असहमत रहेको जनाकारी गराउदछौ । त्यस निर्णयले धरान उपमहानगरपालिकामा सुज अभियान संचालन गर्न सहज वातावरण निर्माण गर्ने हुनाले अभियान संचालनको लागि धरानमा बसेको मिति २०७८ भाद्र १८ गतेको बैठकमा – धरान उपमहानगर समिति संस्थागत रुपमा उपस्थीत हुन असमर्थ रहेको जानकारी गराउदछौ । सुज अभियान सुनसरीको वैठकमा धरानउपमहानगर समिति अध्यक्ष श्री ताजुब लिम्बू स्वय उपस्थीत भै रुपमा पार्टीलाई प्रदान गरेको योदान र क्षमता र निश्पक्षताको आधारमा अनुरोध सिफारिस गरिएको व्यक्तित्व तथा केन्द्रिय सदस्यहरु दुर्गामाया लिम्बु, भिम राई र दलमर्दन विषयमाकुनै सुनुवाई नभएको प्रति दुख व्यक्त गर्न चाहान्छौ । तसर्थ मिति २०७३ भाद्र धरान उपमहानगर समितिका अध्यक्ष श्री ताजुब लिम्बूको अध्यक्षतामा वसेको पदाधिकारी बैठकले सुज अभियान सुनसरी अन्तर्गत संयोजकमा सुनसरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र न. १ मा  दिपक मेन्याङ्बो र प्रदेश सभा निर्बाचन क्र नं. १ (क)मा कृष्ण लिम्बुलाई अस्वीकार गर्ने र उक्त स्थानमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र न १ को संयोजक केन्द्रिय सदस्यहरु भिम राई दुर्गा
माया लिम्बू र जेन्टल लावती मध्ये एकर प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (क) ‘को संयोजक प्रदेश नं १ सदस्यहरु तेन्जिङ शेर्पा र देवराज राई मध्यै एकलाई तौकि पठाउन अनुरोध तथा माग गर्नैर हाम्रो माग पुरा नभएमा सुज अभियानमा धरान उपमहानगर समिति संस्थागत रुपमा सहभागी कि निर्णय गरेको यसै पत्रमार्फत जानकारी गराउदछौं । साथै हाम्रो मागलाई सकारात्मक, रुपमा पुरा हुने कुरामा हामी विश्वस्त छौ तर पुरा नभएमा पार्टीमा द्वन्द बढ्नै र यसले पार्टी काममा असर पुन्याउदै विषम परिस्थीति सृजना हुने तवा पार्टीलाई क्षति हुने कुरा प्रति सजग हुन र असतो विषम परिस्वीति निर्माण भए सुज अभियान सुनसरीले जिम्मेवारी लिनु पर्ने अवगत गर्दछौं ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार