ओपिडी बन्द बिरुद्ध चार राजनीतिक दलको बिरोध (भिडियो सहित )

भाद्र २१,धरान / बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको आन्दोलनरत चिकित्सक कर्मचारीले गरेको ओपिडि सेवा बन्दको बिरुद्घ चार राजनीतिक दलले बिरोध जनाएको छ ।

सोमबार बिपि अस्पतालको गेट अगाडी दलबल सहित आएका संघीय लोकतान्त्रिक राष्टिय मंच लिम्बूवान,राप्रपा सहितका कार्यकर्ताले प्रदर्शन गरेका छन । बिपिका आन्दोलनरतले भदौ २० गतेदेखि ओपिडी सेवा समेत ठप्प बनाएपछि त्यस बिरुद्घ असहमती जनाउदै बिरोध जनाएका हुन । संघीय लोकतात्रिकका धरान नगर अध्यक्ष सन्जुहाङले यसअघि गरीएका आन्दोलनलाई समर्थन जनाए पनि ओपिडी जस्तो संबेदनसील कुरामा समर्थन नगर्ने स्पष्ट पारे । आफूहरु गेटमा धर्ना दिन आएको भन्दै कार्यकर्ताको झण्डा पुलिसले खोसेकोले थप आक्रोश बनाएको लिम्बूले बताए । उनले केहि दिन अघि मात्र बिष्णुपादुकाको बिरामी अपरेसनपछि मरेको दाबी गरे । आन्दोलनका कारण राम्रो उपचार नभएर मरेको कुरा उपचारमा संलग्न चिकित्सकले बताएको दाबी गरे । त्यही भएर नै अन्य बेथितीको समर्थन गरे पनि ओपिडी बन्द गराउने कुराको पार्टीले बिरोध गरेको बताए ।

बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान शुद्घिकरण अभियान भन्दै बिगत केहि महिनादेखि चिकितसक कर्मचारी आन्दोलनमा छन । बिपिमा लापरबाही भ्रष्टाचार अनियमितता गरेको भन्दै राजनीतिक दल नागरीक समाज लगायतले पनि आन्दोलनमा ऐक्यबद्घता जनाउदै आएको छ ।

बिपिमा उपकुलपति राजनीतिक नियुक्तिबाट हुने र यसरी नियुक्ति हुन आर्थिक चलखेल हुने आरोप लगाउदै आएको छ । मोटो रकम दिएर नियुक्ति भएका अयोग्य व्यक्तिकै कारण भ्रष्टाचार हुने अनियमिमतता हुने र व्यावस्थापनमा कमजोरी हुने गरेको आरोप छ । हाल बहालमा रहेको उपकुलपति ज्ञानेन्द्र गिरिले पनि बिभिन्न अनियमितता भ्रष्टाचार गरेको आरोप लागिरहेको छ । गिरि  भन्दा अगाडीका उपकुलपति राजकुमार रौनियार घूस लिएको रंगेहात भेटिएपछि हाल अदालतमा मुद्दा चलिरहेको छ ।

संघीय लोकतान्त्रीक राष्ट्रीय मंचले यस अघि नै प्रेस बिज्ञप्ति जारि गरेर ओपिडी बन्दको बिरोध गरिसकेको छ /

भिडियो 

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार