अमेरिकासंग चिट्ठी आदानप्रदान सहित एमसिसी कार्यान्वयन : डा. बाबुराम भट्टराई         

भाद्र२१, धरान / जनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हाल चर्चामा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि)  लाई अमेरिकासंग चिट्ठी आदानप्रदान सहित कार्यान्वयन गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।

पुर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद अध्यक्ष भट्टराईले सामाजिक संजाल ट्विटर मार्फत ट्विट गर्दै चर्चित एमसिसी बारे आफ्नो धारणा सार्वजनिक गरेको हो । भट्टराईले ट्विटमा भारत चिन अमेरिका तिनै देशको सम्बन्ध सुधार तथा राष्ट्रिय हितको लागि  भनेर धारणा सार्वजनिक गरेको छ । भट्टराईले यसमा राष्ट्रिय सहमति गरौ भन्दै भारतसंग सम्बन्ध बढाउन उच्चस्तरीय राजनीतिक कुटनैतिक वार्ता मार्फत विवाद हल गर्नुपर्ने बताएको छ। त्यसैगरी छिमेकी मुलुक चीनसंग बिआरआई पारवहन संझौता कार्यान्वयन गर्न सकिने धारणा राखिएको छ ।
भट्टराईको ट्विट :
यसमा राष्ट्रिय सहमति गरौं:१.उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल छिमेकी बनौं;२.चीनसंगकाBRI,पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं;३.अमेरिकासंग चिठी आदानप्रदान सहितMCCकार्यान्वयन गरौं!युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं!                                                                                                           

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार