सुनसरीमा बिद्यालय र हाटबजार खुलेन

भाद्र २१, धरान / जिल्ला प्रशासन कार्यालय सुनसरीले लगाएको निषेधाज्ञा खुकुलो बनाउदै गएको छ । यस अघि पसल बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र खुलाउने निर्णय हटाएको छ । सार्वजनिक सवारीमा सिट क्षमता भन्दा बढी बोक्न नपाईने भएको छ। सुनसरी जिल्ला भरिका बिद्यालय र हटिया बजार भने नखुलाई यथावत राखिएको छ। बिद्यालय अत्यावश्यक बाहेक मात्र खुल्न पाईने भएको छ । हाल शिक्षा मन्त्रालय टियुको परिक्षा सयौंकोमा उपस्थिती भएर लिइरहेका छन । सबैजनाले मास्क लगाउने सेनिटाईजर तथा साबुनपानीले हात धुने कामलाई निरन्तरता दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार