आन्दोलनरत पक्षको माग संबोधन भएको भन्दै स्वास्थ्य क्षेत्रमा अवरोध नगर्न मन्त्रालयको आग्रह

भाद्र २१, धरान / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको चिकित्सक कर्मचारीको शुद्धीकरण आन्दोलनरत पक्षको माग अधिकांश संबोधन भैसकेको भन्दै संवेदनशील क्षेत्र खुला राखि स्वास्थ्य सेवालाई संचालन गर्न आग्रह गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा प्रेस बिज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षहरूले उठान गर्नुभएका अधिकांश मागहरू सम्बोधन भईसकेको, थप मागहरू सम्बोधनका क्रममा रहेको हुँदा कोभिड-१९ संक्रमण महामारीको अवस्थामा स्वास्थ्य जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्र खुला राखि स्वास्थ्य सेवालाई संचालन गर्नुहुन सरोकारवाला सबैमा हार्दिक अनुरोध गरिन्छ,उल्लेख छ। बिज्ञप्तिमा
बी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानको समस्या पहिचान तथा छानबिन कार्यदल गठन भई प्रतिबेदन पेश भएको जनाएको छ ।<span;>उक्त प्रतिवेदन कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधि र बी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान, शुद्धिकरण अभियान-२०७८, संयुक्त संघर्ष समितिबीच ६ बुँदै सहमति भएको भन्दै । उक्त सहमति कार्यान्वयन गर्न हालसम्म यस मन्त्रालयबाट भएगरेका कामकारबाही समेत बिज्ञप्तिमा उल्लेख गरेको छ ।

    प्रेस विज्ञप्ति

बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा देखिएको गतिरोध अन्त्यका लागि यस मन्त्रालय अत्यन्त गम्भिर भएर लागि रहेको छ। बी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानको समस्या पहिचान तथा छानबिन कार्यदल गठन भई प्रतिबेदन पेश भएको छ। उक्त प्रतिवेदन कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मबालयका प्रतिनिधि र बी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान, शुद्धिकरण अभियान-२०७८, संयुक्त संघर्ष समितिबीच ६ बुँदै सहमति भएको छ। उक्त सहमति कार्यान्वयन गर्न हालसम्म यस मन्त्रालयबाट भएगरेका कामकारबाही देहाय वमोजिम रहेका छन्‌ :-

१. प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयका सचिव बैकुण्ठ अर्यालको नेतृत्वको उच्चस्तरीय समितिको प्रतिवेदन पेश भई सार्वजनिक गरिएको ।
२. चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलबाट प्रतिष्ठानले गरेका काम कारवाही सम्बन्धी निरिक्षण एवं अनुगमन सम्पन्न भएको ।
३. प्रतिष्ठानमा कार्यरत उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशकलाई गतिरोध अन्त्य गर्न सहज निकासको लागि मार्ग प्रशस्त गर्न निर्देशन भएको ।
४. उपकुलपतिलाई प्राध्यापक उपाधिको प्रमाण पत्र पेश गर्नको लागि पत्राचार भइसकेको ।
५. ६ जना कार्यकारी परिषदका सदस्यले सिनेटको बैठक बोलाउने बारेको निवेदन कुलपतिलाई दिए पश्चात सहकुलपतिज्यूको नेतृत्वमा समिति बन्ने क्रममा रहेको ।
६, बिश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू सँग सम्बन्धित मौजुदा कानुनमा आवश्यक संशोधन गर्न प्रा. डा.पराशर प्रसाद कोइरालाको संयोजकत्वमा गठित मस्यौदा समितिको प्रतिवेदन, २०७५ सार्वजनिक गरिएको ।
७. डा. हरिप्रसाद लम्सालको संयोजकत्वमा गठित समितिको विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलको प्रतिवेदन, २०७६ सार्वजनिक गरिएको ।
६. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन
सम्बन्धी मापदण्ड, २०७३ लाई परिमार्जन गरी नयाँ नियुक्तिका सम्बन्धमा कार्यबिधि मापदण्ड निर्माणका लागि ३ जना प्राध्यापक सहित प्रमुख विशेषज्ञ डा. दिपेन्द्र रमण सिंहको संयोजकत्वमा ७ सदस्यीय समिति गठन पारिएको ।
९, बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ घ. मा भएको व्यवस्था बमोजिमको समिति निर्णयको प्रक्रियामा रहेको ।

आन्दोलनरत पक्षहरूले उठान गर्नुभएका अधिकांश मागहरू सम्बोधन भईसकेको, थप मागहरू सम्बोधनका क्रममा रहेको हुँदा कोभिड-१९ संक्रमण महामारीको अवस्थामा स्वास्थ्य जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्र खुला राखि स्वास्थ्य सेवालाई संचालन गर्नुहुन सरोकारवाला सबैमा हार्दिक अनुरोध गरिन्छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार