नारी स्वतन्त्र मंच धरानमा लीला

भाद्र २०,धरान । नारी स्वतन्त्र मंच नेपाल धरानको नयाँ कार्यसमितीको अध्यक्षमा लीला राईलाई चुनिएको छ । शनिबार धरानमा सम्पन्न भएको साधाराण सभाले लीला राईलाई अध्यक्ष पदमा चुनिएको कुरा मंचका सल्लाहाकार एसा सुनुवारले जानकारी दिए । त्यसैगरी अन्य पदाधिकारीमा उपाध्यक्षमा सुमित्रा राई सचिब कबिता कटुवाल सहसचिब निमदिकी तामाङ कोषाध्यक्ष रीता खापुङ सदस्यहरुमा निर्मला राई कमला मादेन सरीता लिम्बू दिलकुमारी राई कमला सूब्बा कल्पना राई लक्ष्मि राई रहेका छन । बिना पुमा राईको रहेको समितिको कार्याअवधी सकिएपछि नयाँ कार्यसमिती चयन भएको हो ।हरेक दुई वर्षमा कार्यसमितिको समयावधी सकिनेछ । स्वतन्त्र नारी मंचको यो तेस्रो अधिवेशन हो ।

नारी स्वतन्त्र मंचले स्थापनाकालदखि नै बिभिन्न सामाजिक सेवा तथा महिलाको हक अधिकार सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरिदैआएका छन ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार