बिपिमा ओपिडी बन्द विरुद्ध नौ राजनीतिक दलको ध्यानाकर्षण

भाद्र २०, धरान / बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको आन्दोलनरत शुद्धीकरण अभियानले गर्ने भनिएको ओपिडी बन्दको नौ राजनीतिक दलले ध्यानाकर्षण गराएको छ।

स्थानीय सरकार धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई भेटेर धरानमा रहेका राजनीतिक दलले ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण पत्रमा आन्दोलनरत पक्षले भाद्र २० गतेदेखि ओपिडी बन्द गराउने घोषणा भएको हुँदा हामी नौ राजनीतिक दलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । जनतालाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने खालका स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा कानुनले समेत यस्ता प्रकारका बन्द हड्तालको आन्दोलनको कार्यक्रमको स्वरुप परिवर्तन गर्नको लागि भएको निर्णयलाई समन्वयको लागि अनुरोध गरिएको छ। साथै ध्यानाकर्षण पत्रमा बैकुण्ठ अर्यालको टोलिद्वारा तयार गरिएको प्रतिवेदनलाई कार्यान्वयनको लागी राज्यको ध्यानाकर्षण गराई आवस्यक पहलका गर्नका लागि पनि नौ राजनीतिक दलले आग्रह गरिएको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार