लिलिस पोमुद्वारा मृगौला रोगिलाई अठार हजार सहयोग

भदौ १८,धरान / ट्रस्ट ग्रीनका संचालक लिलिस पोमुद्वारा मृगौला रोगी सुरेस भनिन ॐकुमार लक्सम्बा लिम्बुलाई १८ हजार रुपैया उपचार आर्थिक सहयोग गरेको छ।

तीन वर्षअघिदेखी मृगौला पिडित भएका ॐ लक्सम्बा हाल बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा निरन्तर डाईलोसिस गर्दैआएका छन । हरेकपटक डाईलोसिस र रगतको लागि मासिक १०/१२ हजार खर्च भैरहेको कुरा मृगौला बिरामी ॐ लक्सम्बाले बताए । ताप्लेजुङ जिल्ला सिरिजंगा गाउपालिका वडा नम्बर ३ सिकैचामा स्थाई घर भएका ३४ वर्षे लक्सम्बा तीन वर्षदेखि मृगौला रोगबाट पिडित भएको छ । आर्थिक अवस्था कमजोर भएका लक्सम्बाको बुवा आमा एक भाइ तीन जना बहिनी रहेको बताए ।तिनैजना बहिनिहरु भने बिबाह भैसकेको बताए । आफ्नो उपचारको लागि हाल धरान उपमहानगरपालिका वडा नम्बर १९ मा आफन्तकोमा बस्दै आएका बिरामी लक्सम्बाले पानी बेच्ने तथा निद्युतिय चुल्हो बेचेर आर्थिक संकलन गर्दै आएका छ्न । उनको उपचार सहयोगको लागि उनका सामान समेत खरिद गरेर पनि सहयोग गर्न सकिने बताए ।

धरान १९ धन्कुटे रोड बुद्ध चोक नजिक बिगत केही वर्षदेखी ट्रस्ट ग्रीन टि संचालन गर्दै आएका लिलिस पोमु तथा सुरेस लिम्बू दम्पतीले विभिन्न रोगी पीडित ब्यक्तिको लागि आर्थिक सहयोग गरिदैआएका छन ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार