छ सय जनामा अस्सि पोजिटिभ, संक्रमित कमि हुँदै

भाद्र १४,धरान / कोरोना संक्रमणको चेन ब्रेक गर्न कडा लकडाउन गर्ने निर्णय फिर्ता गरेको १० बितेको छ। भाद्र १३ गतेसम्म लकडाउन गरेर चेन ब्रेक गरेपछि संक्रमित संख्या घट्ने भन्दै धरानका राजनीतिक दल तथा सुनसरी उद्योग वाणिज्य संघको सल्लाह सुझाबमा धरान उपमहानगरपालिका १० दिन कडा लकडाउन गर्ने निर्णय गरेका थिए । तर यातायात मजदुर तथा ब्याबारी ब्याबसायीले लकडाउनको बिरोध गरेपछि भने फिर्ता लिएका थिए ।

१० दिनको अवधिमा लकडाउन गरेर चेन ब्रेक गर्ने योजनामा लागेपछि यो अवधिमा कोरोनाको संक्रमितको अवस्था बारे चिसेफायुले धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेतासंग बुझेर तथ्यांक लिएको छ । स्वास्थ्य महाशाखा प्रमुख मेहेताले जानकारी दिए अनुसार हाल संक्रमितको संख्या ५ हजार ६ सय जना रहेको जानकारी दिए । त्यसैगरी मृत्यु १५२ जना रहेको बताए । मेहेताले केहिदिनदेखी एन्टिजिन तथा पिसिआर समेत परिक्षण गराउदै आएकोमा हालसम्म ६ सय जनामा परिक्षण गरिएको बताए । यसरी ६ सय जनामा परिक्षण गराउदा ८० जनामा पोजिटिभ देखिएको जानकारी दिए । पोजिटिभ सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । साउन ३० गते पनि महाशाखामा लिएको तथ्यांक अनुसार संक्रमित संख्या ५ हजार नाघिएको बताएका थिए।त्यसैगरी मृत्यु १४० जना उपलब्ध गराएका थिए । करिब २ हप्ताको अन्तरालमा अघिल्लो तथ्यांकसंग तुलना गर्दा १२ जनाको थप मृत्यु भएको देखाएको छ ।

प्रमुख मेहेताले लकडाउन नगरिएको भए पनि संक्रमित संख्या कमि आएको बताए । उनले लकडाउन गर्दैमा त्यसको समाधान नहुने बताए । लकडाउन गरिए पनि भित्रभित्रै भेला हुने जमघट हुने भएकोले पनि त्यसको खासै प्रभाकारी नभएको बताए । यो अवधिमा जनचेतना नै मुख्य कुरा भएको भन्दै सचेतना नै पहिलो कुरा भएको बताए ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञाको समय थप गरिएको छ। भाद्र १३ गतेसम्म रहेको निषेधाज्ञालाई भाद्र २२ गते राती १२ बजेसम्मको लागि समय थप गरिएको कुरा जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार