माखिमको आमालाई शिर्ष नेताबाट श्रद्धाञ्जली

भाद्र ११,धरान / जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति सदस्य तथा केन्द्रिय सदस्य खगेन्द्र माखिमको स्वर्गीय आमा गणेशमाया माखिमको पार्थिव शरिरलाई जनता समाजवादी पार्टीका शिर्ष नेताहरुबाट श्रद्धाञ्जली दिईएका छन ।

जनता समाजवादी पार्टी केन्द्रिय कार्यकारिणी सदस्य तथा पुर्वमन्त्री रकम चेम्जोङ,परशुराम बस्नेत,प्रदेश १ का अध्यक्ष प्रविण चाम्लिङ, जसपा लिम्बुवान राष्ट्रिय समितिका सदस्यहरु,प्रदेश पदाधिकारी सदस्यहरु जिल्ला सदस्यहरु महिला संघ समाजवादी युवा विद्यार्थी जसपा धरान उपमहानगर अध्यक्ष ताजुप लिम्बू लगायतका नेता कार्यकर्ताले श्रद्धाञ्जली दिएका थिए । सो अवसरमा पार्टीको झण्डा ओडाई एक मिनेट मौन धारण गरि खादा फुलमाला लगाई सबैले श्रद्धाञ्जली दिएका हुन ।

अध्यक्ष खगेन्द्र माखिमको आमा गणेशमाया माखिमको ७१ वर्षको उमेरमा उपचारको क्रममा बिराटनगरमा निधन भएको हो । मृगौला रोगबाट पिडित थिए। मृत्यु पश्चात् छोरी लक्ष्मी माखिमको पर्खाईमा बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको शब गृहमा राखिएका थिए । श्रद्धाञ्जली पश्चात् पार्थिब शरीरलाई शुक्रबार  पान्थर जिल्ला मिक्लाजुङ गाउ पालिका  लुङ्बाङ्देनमा रहेको घरमा अन्त्येष्टिको लागि लगिएको छ ।

मृतक गणेशमाया माखिमको श्रीमान  गजेन्द्र माखिम छोरी लक्ष्मी माखिम छोराहरु  भक्त माखिम खगेन्द्र माखिम नेल्कन माखिम छ्न ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार