लिम्बुवान राष्ट्रिय समिति अध्यक्षलाई मातृ शोक

भद्र ९,धरान /जनता समाजवादी पार्टी  लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमलाई मातृशोक परेको छ ।

अध्यक्ष खगेन्द्र माखिमको आमा गणेशमाया माखिमको ७१ वर्षको उमेरमा उपचारको क्रममा बिराटनगरमा निधन भएको हो । मृगौला रोगबाट पिडित यस अघि घोपा क्याम्प धरानमा पनि उपचारको लागि भर्ना गरिएका थिए । मृतकका एकमात्र छोरी लक्ष्मी माखिम हाल अमेरिकामा रहेकोले पार्थिब शरीरलाई बिराटनगरबाट बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको शब गृहमा राखिएको छ । छोरी आइसकेपछि पार्थिब शरीरलाई घर लाने कुरा पारिवारिक श्रोतले जनाएको छ ।

छोरी  बिहिवार धरान आइपुग्ने जनाएको छ । पार्थिब शरिरलाई शुक्रबार बिहानै लाने पारिवारिक श्रोतले जनाएको छ । शबलाई पान्थर जिल्ला मिक्लाजुङ गाउ पालिका  लुङ्बाङ्देनमा रहेको घरमा अन्त्येष्टिको लागि लाने जनाएको छ ।

मृतक गणेशमाया माखिमको श्रीमान  गजेन्द्र माखिम छोरी लक्ष्मी माखिम छोराहरु  भक्त माखिम खगेन्द्र नेल्कन माखिम छ्न ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार