यसपटकको गाईजात्रा एकल रुपमा नगर परिक्रमा

भाद्र ७,धरान- हरे वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म नेवारी समुदायले मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ धरानमा पनि मनाएको छ ।

कोरोनाको महामारीका कारण यस वर्ष सामुहिक रुपमा निकालिएन । धरानमा आफ्ना मृत आफन्तको नाममा छुट्टाछुट्टै एकल रुपमा नगर परिक्रमा गृएको छ । कोरोना महामारी अधि भने एक ठाउँमा भेला भएर सामुहिक रुपमा नगर परिक्रमा गरिन्थे ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने प्रचलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनमा शोक विह्वल भएको रानी भुवनलक्ष्मीलाई हाम्रा मात्र सन्तान होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिनको लागि गाई जात्रा मनाउन थालिएको इतिहासमा उल्लेख छ। यिनै राजा प्रताप मल्लले जो जसका घरमा मानिस मरेका छन्, ती घरबाट गाई ल्याऊनू भनेर उर्दी दिएकाले आशौच परेका घरबाट गाई शृङ्गार गरेर हनुमानढोका दरबारमा उपस्थित गराउने चलनअनुसार यो पर्व मनाउँदै आइएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार