धरानमा अनुगमन नहुँदा केही स्थानमा पसल खुले

भदौ ५, धरान /कोरोना संक्रमन बढेको भन्दै माइकिङ गरेर सुचना समेत जारिगरेको लकडाउन फिर्ता गरेपछि शनिबारदेखि पसल बिहान १० बजे खोल्ने र बेलुकी ५ बजे बन्द गराउन सबै ब्यापारी ब्याबसायिलाई सुनसरी उद्योग वाणिज्य संघ धरानले अनुरोध गरेका थिए ।तर शनिबार चिसेफायु र देशिलाईन ब्याबसायी समिति अध्यक्ष गंगा राईद्वारा अनुगमन गर्दा भनिए जस्तो बन्द थिएन । पुतली लाईन ९ बजे अगाडि खुलिसकेको थियो । त्यसैगरी भानुचोक बसपार्क खुल्ला थियो । पुतली लाईन उभो सब्जिमन्डी नजिक वरपर सबै पसल खुलिसकेका थिए । त्यसैगरी कलेज रोडको पसल खुलिसकेका थिए । सदन रोड,शान्थिपथ सबै खुलेका थिए ।

देशिलाईनका सबै पसल हिओ शुक्रबार नै बेलुकी ५ बजे बन्द गरेपछि निर्धारित समयमा मात्र खुले । त्यसैगरी महेन्द्र पथ मुलसडक पसल सबै निर्धारित समयमा खुले ।भौडी वरपर र उकालो पुरानो बजार जाने सडक वरपर पसल पनि बन्द थियो र तोकिएको समयमा मात्र खुलेका थिए ।

अनुगमनपछी निर्धारित समय अगाडि पसल खुलेको बिषयमा सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष गिरिधारी सापकोटालाई चिसेफायुले जानकारी सहितको जिज्ञासा राखेको हो । जवाफमा अध्यक्ष सापकोटाले आज बिहान पानी परेकोहुनाले अनुगमनमा जान नसकेको बताए । उनले अब प्रहरीको सहयोगमा अनुगमन गरि निर्धारित समयमा पसल बन्द गर्ने र खुल्ने खुलाउने बताए । हाल उद्योग वाणिज्य संघमा क्षेत्रगत कार्य बिभाजन नभएकोले पनि ब्याबसायिले अटेर गरेको देखिन्छ । सबै क्षेत्रमा स्वयं पदाधिकारी मात्र जानसक्ने अवस्था छैन । यस्तो अवस्थामा प्रहरीको सहयोगमा अनुगमन गर्ने बताए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार