लकडाउन फिर्ता गरेपछि देशिलाईनमा पाँच बजे बन्द

धरान / धरान उपमहानगरपालिका भित्र कोरोनाको संक्रमण वृद्धि भएको भन्दै लकडाउन गर्ने घोषणा फिर्ता गरेपछि देशिलाईनका सबै पसल ५ बजेपछि बन्द गरिएको छ ।

पुर्णरुपमा बजार गर्नु भन्दा आंशिक रुपमा शनिबारदेखि बजार बन्द गर्न भनिए पनि देशिलाईनका सबै पसल अघिल्लो दिन शुक्रबारदेखि नै बन्द गरेर समर्थन जनाएको कुरा देशिलाईन देशिलाईन ब्याबसायी समितिका अध्यक्ष गंगा राईले बताए । अध्यक्ष राईले स्थानीय सरकार धरान उपमहानगर मार्फत शनिबारदेखि पसल बिहान १० बजे खोल्ने र अपरान्ह ५ बजे बन्द गर्न सुचना आएको भन्दै तर देशिलाईनका ब्याबसायिले अघिल्लो दिनदेखी नै अपरान्ह ५ बजे पसल बन्द गराएर कोरोना संक्रमणबाट बच्न तथा स्थानीय सरकारको सुचनालाई पालना गरेको बताए । उनले ब्यापारी ब्याबसायी तथा यातायात मजदुरले भदौ ४ गतेदेखि गरिने भनिएको कडा लकडाउनको बिना ब्याबस्थापन बिरोध गरेको भन्दै आंशिक समयले पनि ब्याबसायिमा राहत हुने भन्दै देशिलाईनका ब्याबसायिले अघिल्लो दिन नै सबै ब्याबसायिलाई उर्दी जारी गरेर ५ बजेपछि पसल बन्द गराएको बताए । देशिलाईनका सबै पसले ब्याबसायिलाई बिश्वस्त पारेपछि स्वत पसल बन्द भएको छ । यो क्रम १० दिनसम्म रहनेछ । त्यस अघि देशिलाईनमा सबै पसलमा मास्क लगाएको नलगाएको अनुगमन गरेका थिए । प्रहरी ब्याबसायी तथा सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधि सहित रसिद बोकेर एक सयदेखि पाँच सयसम्म जरिवाना तोक्ने चेतावनी सहित मास्क लगाउन अनिवार्य गराएका थिए ।

भोलि शनिबारदेखि पुरै धरानको पसल बिहान १० बजे खोलेर अपरान्ह ५ बजे बन्द हुनेछ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार