शिङ्साबा समाज धरानमा छजुङ अध्यक्ष

धरान / हिमाली शिङ्सावा भोटिया समाज धरानको अध्यक्षमा छजुङ लामा निर्वाचित भएको छ।

समाजको आठौ अधिवेशनल तथा १७ औ वार्षिक साधारण सभाले छजुङलाई अध्यक्षमा निर्वाचित गरिएको हो । अन्तिम समयमा आएर सहमती नभएपछि चुनाब नै गर्नुपरेको हो । चुनाब भएपछि अध्यक्षमा चुङ्दाक भोटे र छोजुङ लामा भोटे दुईजनाको उम्मेदवार परेपछि निर्वाचनबाट छजुङ्लाई बिजय घोषणा गरिएको हो । त्यसैगरी उपाध्यक्षमा पान्देन लामा,सचिब अन्दि भोटे,सहसचिव नाम्जा भोटे र कोषाध्यक्षमा छेसाङ भोटे निर्वाचित भएको छ।अन्य सदस्य भने हाल निर्वाचित समितिले मनोनीत गर्ने निर्णय गरिएको जनाएको छ ।

संखुवासभा जिल्लाको शिङ्सा क्षेत्र भोटखोलामा रहेका आदिवासी मुलबासी जस्ले आफुलाई भोटे समेत परिचीत गराउने शिङ्साबा समुदायहरु बिगत २०६० सालबाट संगठित भएर धरानमा बसोबास गर्दै आएका छन । शिङ्सा क्षेत्रबाट जडिबुटी बिक्री व्यापार गर्दै आएका शिङ्साबा समुदायको मुख्य पेशा हो । आफ्नो पहिचान स्थापित गर्नका लागि तथा मर्दा पर्दाको अवस्थामा साथ सहयोग गर्ने उद्देश्यले गठन भएको यो संस्था हाल धरान उपमहानगर वडा नम्बर १५ मा संस्थागत भएर बसेका छ । धरान उपमहानगर वडा नम्बर १५ बगरकोटमा धरान उपमहानगरबाट ५ कठ्ठा जग्गा उपलब्ध गराएपछि त्यहा सामुदायिक भवन तथा क्षाबेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा समेत निर्माणाधीन भौरहेको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा ल्होमि शिङ्साबा भनेर सूचीकरण भएको समुदायको पहिचानमा बनिरहेको गुम्बा निर्माणमा प्रदेश सांसद उमिता बराई मार्फत ७ लाख,प्रतिनिधि सांसद जयकुमार राईको निर्वाचन क्षेत्र बिकास कोषबाट १० लाख बजेट उपलब्ध गरेर निर्माण कार्य भैरहेको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार