बिजयपूरको साधारण सभा सम्पन्न

नवीन रम्तेल
धरान / विजयपुर वचत तथा ऋण सहकारि संस्था लि. धरानको १७ औं साधारण सभा  होटल धरान किचनमा सम्पन्न भएको छ ।

श्रावण ३० गते सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ सुनसरीका बरिष्ठ उपाध्यक्ष नरेश ईवारम रहेका थिए। संस्थाले सदस्यलाई राहतका कार्यक्रम,उपचारका निति तथा जिवन विमा कार्यक्रम ल्याएको र ति कार्यक्रमहरु जनहितमा रहेको बताउदै मुक्त कण्ठले प्रसंसा समेत गरे।
उक्त कार्यक्रममा अध्यक्ष नविन सुब्बा मेन्याइ्ंवोले प्रगति तथा कार्य योजना प्रस्तुत गर्दै संस्थालाई यतिको नाफा सम्म ल्याउन  संचालन समिति , कर्मचारी र सेयर सदस्यहरु सबैको उत्तिकै हात रहेको बताए।

निर्मल याक्थुम्बाले आ.व. ०७८/७९ को आर्थिक प्रतिवेदन पेश गर्दै कोभिडको संक्रमण र लकडाउनको अवस्थामा पनि संस्था मुनाफामा रहेको बताए। उक्त मुनाफा सेयर लाभांसमा ४५% र कर्मचारि बोनसमा १०% बाडिएको समेत बताए।
कार्यक्रममा समाजमा वाल वालिका र बृद्धहरुलाई सम्मान साथ बाँच्न सक्ने वातावरण बनाउन बृद्ध भत्ता र पुरस्कार , सम्मान र उत्प्रेरणाका नितिहरु प्रस्तुत गर्दै हलले अनुमोदन समेत गर्यो। कार्यक्रममा उत्कृष्ठ ऋणी, उत्कृष्ठ बचतकर्ता तथा पढाईमा ८५.५% ल्याई प्रथम हुनु हुने वालिकालाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रमको स्वागत मन्तब्य सचांलक समितिका सदस्य नविन पराजुलीले गरे भने  कार्यक्रम प्रनिता लिम्बुले संचालन गरेकी थिईन्।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार