आगलागि पीडितलाई घर हस्तान्तरण

धरान / २०७७ असोज महिनामा धरान उपमहानगर वडा नम्बर ३ आइतबारे थान नजिक आगोलागी भै घरवारविहीन भएका आइतमाया लिम्बुलाई नयाँ घर निर्माण गरि हस्तान्तरण गरेको छ।

राम्रोसँग बोल्न नसक्ने आइतमायाको घर आगोलागी भएपछि उनी घरवारविहीन भएका थिए । उनको घर बनाउने पहलमा मिक्मा भोटे दिपक घिसिङ लगायतको अगुवाईमा घर निर्माण भएको हो। सो घर कुल लागत २ लाख ५२ हजार रहेको कुरा मिक्मा भोटेले बताए ।

आइतमायाको घर निर्माण सम्पन्न भएपछि सो घरलाई औपचारिक रुपमा वडा नम्बर ३ का समाजसेवी सर्वजित राईको प्रमुख आतिथ्यमा चाबी हस्तान्तरण गरेर घर जिम्मा लगाएका थिए । घर हस्तान्तरणका कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य उषा सुब्बा लगायत स्थानीयहरुको सहभागी रहेका थिए । आगोलागी पीडित आइतमाया एक छोरा भाई बुहारी नातिनि छ्न ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार