सुनसरीमा तीन दिन थप्यो निषेधाज्ञा,स्वास्थ्य महाशाखा भन्छ संक्रमित संख्या केही घटे

धरान / जिल्ला प्रशासन कार्यालय सुनसरी साउन महिना भरी तीन दिन निषेधाज्ञा थप गरिएको छ । यसअघि थिपिएको निषेधाज्ञाको समय सकिएपछि थप ३ दिनका लागि थपिएको कुरा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाएको छ ।

थपिएको निषेधाज्ञा धरानमा पनि लागू हुनेछ । धरानमा कोरोना संक्रमितको संख्या थपिएको भन्दै धरानका राजनीतिक दलले कडाई गर्न धरान उपमहानगरपालिकाका मेयर तिलक राईसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

तीन दिनपछी के हुने भन्ने अन्योल छ। धरानमा कडा लकडाउन हुन्छ भन्ने स्थानीयमा हल्ला बढेको छ। यहि अवस्थामा संक्रमित संख्या बढेमा धरानमा लकडाउन कडाई हुने चेतावनी दिइसकेको छ । लकडाउन गर्न नपरोस् भनेर मास्क प्रयोगमा केही दिनदेखी कडाई गरेको छ । यसै बिषयलाई लिएर धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेतासंग फोन संपर्क गरि हाल कोरोनाको अवस्था बारे बुझेका छौ । उमेश मेहेताले जानकारी दिए अनुसार धरानमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको बताए । त्यसैगरी मृत्यु हुनेको संख्या १४० जना,३५० जना होम आइसोलेसनमा रहेको बताए । हरियालिमा ७ जना रहेको कोभिड अस्पतालमा १२ जना रहेको कुरा स्वास्थ्य शाखा प्रमुख उमेश मेहेताले जानकारी दिए । संक्रमित सबैको अवस्था अहिलेसम्म समान्य रहेको बताए।तर संक्रमित दर भने केही घटेको बताए । उनले धरानका मेयर तिलक राई हाल काठमाडौमा रहेकोले केहिदिनमा फर्किने भन्दै त्यसपछि मात्र के हुने भन्ने निर्णय हुने बताए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार