पैसा दिएर उपकुलपति बन्ने प्रावधान हटाउन जनता समाजवादीले ऐन संशोधन गरिने

धरान / बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बेथिति भ्रष्टाचार अनियमितता हुनुमा पैसा दिएर उपकुलपति बन्ने होड भएको भन्दै त्यसको समाधानको लागि जनता समाजवादी पार्टीले ऐन संशोधनको पहल गरिने जनाएको छ ।

धरानको बिकास निर्माण तथा भ्रस्टाचार बेथितिको कुरा लिएर मेयर तिलक राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डललाई जनता समाजवादी पार्टीका शिर्ष नेताको भेटमा यस्तो प्रतिबद्धता जनाएको कुरा प्रतिनिधि मण्डलका सहभागी वरिष्ठ पत्रकार हर्ष सुब्बाले जनाएको छ । प्रतिनिधि मण्डलले जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव,वरिष्ठ नेता तथा पुर्व स्वस्थ्य मन्त्री अशोक राई,पुर्व शान्ती मन्त्री रकम चेम्जोङ लगायतका नेतासँग भेटघाट गरि धरानको समस्या राखेका थिए । सो भेटमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पैसा दिएर उपकुलपति नियुक्त गर्ने प्रथा सहितको ऐन संशोधन  गर्ने कुरामा जनता समावादी पर्टिले पहल गर्ने प्रतिबद्धता नेताहरुले गरेको बताएका छन् ।  यादब र राई नेपाल सरकारको पूर्व स्वास्थ्यमन्त्री तथा वीपीका पूर्व सहकुलपति हुदाका घट्नाहरु सुनाउदै ऐन नै संशोधनमा पार्टीले प्राथमिकता दिने बताएका हुन् ।

अध्यक्ष यादवले पैसा दिएर भिसि लगायत पदाधिकारी नियुक्त गर्ने प्रथाकै कारण वीपी धरायशी हुँदै गएको वताउदै त्यही प्रथाको कारण अहिले क्लिनिकका डाक्टर उपकुलपति बनेका बताए । उनले छानबिन समितिको प्रतिवेदन बुझिसकेको अवस्थामा तत्काल सरकारले त्यस्लाई कार्यान्वयन गर्नुपर्ने कुरामा पार्टी प्रतिबद्ध रहेको बताए ।

वरिष्ठ नेता राईले वीपीमा तत्काल हस्तक्षेप गेरर व्यवस्थापनमा आमुल परिवर्तन नगरे वीपीको हालत जनकपुर चरोट कारखानाको जस्तो हुने भएकोले आफुले गम्भीर रुपमा हेरिरहेको बताए ।

उनका अनुसार प्राडा लोकबिक्रम थापा उपकुलपति हुँदा वीपीमा अदिबासी जनजाति विद्यार्थी कोटा थप गर्ने निर्णय गरिएकोमा पछि आएका भिसिहरुले लागुनै नगरेको बताए ।स्मरण रहोस उनी सहकुलपति रहेको सिनेट सभाले अदिबासी जनजातिलाई ३ वर्गमा राखेर बर्सेनि ३ जनालाई कोटामा भर्ना लिइने नियम पारित गरेको थियो ।

धरानको प्रतिनिधि मण्डलसंग प्रतिष्ठान ऐन संशोधन  नगरे बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान भिसि र पदाधिकारीको बपोैती( लाभार्थि) भैरहने बताउदै सरकारले पूर्णता पाएपछि जनता समाजवादी पार्टी वीपीको व्यवस्थापनमा आमुल सुधारमा लाग्ने बताए।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार