बिपि क्याम्प धरानका उपकुलपति सहित चार पदाधिकारीले राजिनामा गर्ला? नगरे कार्वाही होला

धरान / भ्रष्टाचार अनियमितता बेथितिले जरजर भएको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले धरान मात्र होइन देशै गन्दे बनाईसकेको छ ।

धरानको समस्या मध्ये बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान एउटा मुख्य समस्यामा रहेको छ । राजनीतिक नियुक्तिबाट कार्यकारिणी पदाधिकारी आउने भएकोले जेजति भ्रष्टाचार बेथिति अनियमितता भएको जति नै भन्डाफोर गरे पनि कार्वाही भएको छैन । राजकुमार रौनियार घुस काण्डमा मुद्दा लागेको बाहेक भ्रष्टाचार बेथितिको बिषयमा सप्रमाण भेटिए पनि कुनै कार्वाही भएको छैन । हालका उपकुलपति ज्ञानेन्द्र गिरिको कामकारबाहीमा भ्रष्टाचार बेथिति अनियमितता भएको सबुत प्रमाण आइरहँदासम्म राजनीतिक पहुचका कारण कार्वाही नहुँदा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको भबिष्य बारे नै चिन्ता उब्जिएको छ ।

धरानबाट मेयर तिलक राईको प्रतिनिधि मण्डलले धरानका बिकास निर्माणका समस्यासंगै बिपि प्रतिष्ठानको समस्यालाई पनि सम्बन्धित निकायमा कुरा राखेका छ्न । प्रतिनिधि मन्डलमा सहभागी धरानका वरिष्ठ पत्रकार हर्ष सुब्बाले जनाए अनुसार बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बिषयलाई लिएर स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसंग भेटघाट गरिएको छ । स्वास्थ्य मन्त्रालयमा भएको सो भेटमा मेयर तिलक राईले वीपीका बारेमा छानबिन समितिले दिएको प्रतिवेदन चाडो कार्यान्वयन गर्न माग गरेको जनाएको छ। मेयर राइले धरान कोरोना संक्रमणको डेन्जर जोनमा परेको तर खोप पर्याप्त नपाएको गुनासो राज्यमन्त्री समक्ष राखेको जनाएको छ।

जवाफमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी सहित चारैजना कार्यकारिणीले राजिनामा दिनुपर्ने नदिए कारवाही गरिने कुरा धरान प्रतिनिधि मण्डलसमक्ष राखेको जनाएको छ । राज्यमन्त्रीले अख्तियारको पटक पटकको छानबिन, अन्दोलनको माग, छानबिन समितिको रिपोटको अधारमा उनिहरुले राजिनामा दिनुपर्ने भनाई रहेको जनाएको छ । राज्यमन्त्रीले भने – `प्रतिष्ठान ऐनमा ६ जना सिनेट सदस्यले कुलपति तथा प्रधानमन्त्री समक्ष उजुरी दिए सिनेटहरु मध्येबाट ३ सदस्यीय समिति बानाई बर्खास्त गर्न सकिने ब्यवस्था छ ।´ मन्त्री श्रेष्ठले कोरोनाको जोखिम खतराभन्दा माथी गएको ठाउँमा खोप बढाने नीति अनुसार धरानमा खोप बढाउने वचन दिएका बताए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार