सर्दु घटनाका दोषीलाई चाडो कार्वाही गर्न समाजवादी युवा संघको माग

धरान / जेठ २६ गते धरान १७ सर्दु खोलामा गिटि बालुवा निकाल्ने क्रममा झडप भएको घटनाका दोषिलाई चाँडोभन्दा चाडो कानुनी दायरामा ल्याउन समाजवादी युवा संघले माग गरेको छ ।

जनता समाजवादीका युवा संगठन समाजवादी युवा संघ प्रदेश १ का अध्यक्ष श्री सुब्बा र मुख्यसचिव पवन बिष्टद्वारा संयुक्त हस्ताक्षरित प्रेस बिज्ञप्ति जारी गर्दै दोषिलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । बिज्ञप्तिमा मिति २०७८ जेठ २६ गते चुरे संरक्षित क्षेत्र अन्तर्गत पर्ने सर्दु खोला उत्खननका विषयमा भएको विवादका सन्दर्भमा समाजवादी युवा संघ प्रदेश नं. १का सदस्य करुण राई, छितिज मगर लयायत धरानका स्थानीय युवाहरु सर्दु खोला उत्खनको विषयमा बुझन जाँदा उक्त खोला उत्खनन्‌ गर्ने ठेकेदारका गुण्डा समुहहरुद्वारा एक्कासी विभिन्न हतियार प्रयोग गरी मरणासन्न अवस्था हुने गरी हमला भएको सवैमा सर्वबिदितै छ,उल्लेख छ ।
सो घटना घटेको यतिका दिन वितिसक्दा पनि इलाका प्रशासन कार्यालयबाट सत्य-तथ्य हालसम्म सार्वजनिक नगरिएको भन्दै समाजवादी युवा संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। बिज्ञप्तिमा उक्त घटनाको निष्पक्ष छानवीन गर्न माग गरिएको छ ।
आक्रमणकारीबाट घाइते भएका पिडितहरु करुन राई,छितिज मगर,बिबेक श्रेष्ठ,मिलन राई,गीता राई,समला राई र राजेश खिम्दुङमाथी गिटिबालुवा उठाउने ठेकेदारले गुण्डा प्रयोग गरि हमला गरेको आरोप सहितको दाबी पीडितहरुले गरेको छ। उनिहरुले आक्रमणकारीलाई कार्वाही गर्न आपराधिक घटनाको उजुरी इलाका प्रहरी धरानमा दर्ता गराउदा समेत प्रहरीले नमाने पिडितहरुले गुनासो गरेको छ ।

उनीहरुले <span;>जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगको मामिला उजुरी दर्ता गरेको बताए । `तर घटना भएको दुई महिना बित्दा पनि कानूनले आरोपिहरुलाई सोधपूछ नगर्दा हामीलाई अच्चम लागेको छ´ भने ।                                                 सर्दु  खोलामा धरान उपमहानगरले गिटि बालुवा उठाउन ठेक्का लगाएका थिए । स्थानिय सहित केही युवाहरुले गिटिबालुवा भारतलाई बेचिएको,खोला गहिरो हुने जस्ता कुरा निकालेर अवरोध सिर्जना गरेको भन्दै आक्रमण गरेका थिए । झडप भएपछि जस्ले कुटाई खाए प्रहरीले उनिहरुलाई नै पक्राउ गरि हिरासतमा राखिएका थिए । तर घटनामा संलग्न आक्रमणकारी त्यही भए पनि किटानी तोक्दा समेत प्रहरीले पक्राउ गरिएको थिएन ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार