” विदेशी हस्तक्षपको बनावटी गफ” “कान नछामी कागका पछि दौडिनु किन  ?”- डि राज कोइराला

” विदेशी हस्तक्षपको बनावटी गफ”
“कान नछामी कागका पछि दौडिनु किन  ?”- डि राज कोइराला

“पाहाडको भित्री श्रृङ्खलाबाट नापौल (Napaul) को ठूलो मैदानको राम्रो दृश्य देखिन्छ । यो अधिराज्य हिन्दूस्थानबाट एउटा पाहाडी श्रृङ्खलाले छुट्याइएको छ । यस देशको धर्म थिवेटबाट ल्याइएको हो भनिन्छ ।सरकार राजतन्त्रात्मक छ । स्वर्गीय ग्राएँप्रेजाज ( Gaenprejas) को ५० हजारको फौज थियो तर त्यति फौज भएर पनि यी निरपराध राजा आफ्ना दुनियाँले विश्वासघात गरेको हुनाले, छिमेकी राज्य गोर्चा (GORCHA) का राजाको सामु राजच्यूत हुनबाट बच्न सकेनन् । त्यो गोर्चा (GORCHA) को राजा एक नम्बरको असभ्य जंगली थियो । Napaul का राजभक्त प्रजाको स्वामिभक्ति छुट्याउन उसले गरेको अत्याचार यति घिनलाग्दो थियो कि त्यो म यहाँ वर्ण नै गर्न सक्तिन । त्यस जंगली राजाले शहरमा आक्रमण गर्दा न्द्वभ्एच्भ्व्द्वक् आफ्नै शहरमा थिए अनि आतसमा शत्रहरूमाथि जाईलाग्दा एउटा वाण लागेर उनको मृत्यु भयो।”
[यो देशका सुप्रशिध्द साहित्य प्रेमी स्व कमलमणि दीक्षितका अनुसार यो लेखाई लण्डनबाट छापिएको “द भ्यू अफ हिन्दूस्थान (भोलुम दुई) पूर्वीय हिन्दूस्थान नामक पुस्तकको पृ. ३४३-४४ मा उल्लेख छ । यो पुस्तकका लेखक टोमस पेन्नाण्ट हुन ।
जुन सालमा गोर्खा नरेश पृथ्वीनारायण शाहका दरवारीया पण्डित शक्तिबल्लभ आचार्यले लोकभाषामा हाश्यकदम्व (सं १८५५) लेखे उही बर्ष टोमस पेन्नाण्टबाट यो पुस्तक लेखिएको देखिन्छ ]।थिवेटबाट धर्म ल्याइएको, हिन्दूअधिराज्य, राजतन्त्रात्मक सरकार, दुनियाँले विश्वासघात गरेका नापौलको राजा ग्राएँप्रेजाजलाई आतसमा वाणले मार्ने छिमेकी गोर्चा राज्यको एक नम्बरको असभ्य जङ्गली राजा भन्ने लेखाईलाई सत्य सावित गर्नकालागि, केपुचिन पादरीहरूलाई भ्याकुरो खेदाई गरेको हो भन्ने ईवी साध्न “प्रजालाई दुख दिनु छैन” भनेर भारदारहरूलाई लिखित आदेश दिने दूरदर्शी गोर्खा नरेश पृथ्वीनारायण शाहले किर्तिपुरेहरुका १८ धार्नी नाक-कान काटे भनेर लेख्ने फादर ‘गेसेपी’, गोर्खा राज्यलाई तहसनहस पार्ने अभिप्रायले “नोटिसेस अफ द ल्याङ्गवेजेज, लिटरेचर एण्ड रिलिजन अफ नेपाल एण्ड टिबेट” नामको पुस्तक लेखेर गोर्खाजातिका बीचमा साम्प्रदायिक दङ्गा फैलाउन प्रयाश गर्ने अंग्रेज लेखक ‘होज्सन’ तथा नजन्मिएका नेपालीहरूका भाषाको व्याकरण लेखेर भ्रम छर्ने जे. ए. एटन जस्ता धेरै फिरङ्गीहरुले, गोर्खाराजा, गोर्खाराज्य, गोर्खाजाति र गोर्खाभाषा प्रति गरेको षडयन्त्रलाई “हितका वचन” ठान्ने तथा
फिरङ्गीहरूबाटै खुराफात सिकेका काला अंग्रेजहरूका लेखाई र भनाईहरू समेतलाई “सत्य र शास्वत वचन” मानेर प्रचार प्रशार गर्ने हाम्रा अघिल्लो पुस्ताका अग्रजहरूबाट भएका गल्ति कमजोरीलाई सच्याउँदै वास्तविक इतिहासलाई स्वीकार गर्ने वातावरण बनाई सबैलाई जानकारी गराउनु पर्ने नैतिक कर्तव्य भएका वर्तमान समयका डिग्रीधारी विद्वानहरूका अतिरिक्त राजनैतिक व्यवसायीहरू जति सबै नै “कान नछामी कागका पछि दौडिने” भए पछि यो देशमा साविक देखिकै विदेशी हस्तक्षपकै कारणले हालमा आएर पनि देशमा ‘भाँड-भैलो’ नमच्चियोस किन ? ।

विदेशी हस्तक्षपका विषयको गहिराईमा नपुगी कसैले सम्वत १८७२, कसैले १९८६, कसैले १९९७ ,कसैले २००७, कसैले २०१७, कसैले २०१९, कसैले २०३२, कसैले २०३६, कसैले  २०४५, कसैले २०६२/६३ देखि र कसैले भने गणतन्त्रवादीहरूका हातमा देशको बागडोर पुगेपछि विदेशीहरूको हस्तक्षप शुरु भएको हो भन्ने पनि नभएका होइनन् , छन तर यो देशमा पृथ्वीनारायण शाहले ‘गोर्खाराज्य’ विस्तारको अभियान  थालेदेखि नै विदेशीको हस्तक्षप शुरु भएको हो र कुनैनकुनै रुपमा हाल पनि विद्यमान छ भन्नलाई माथि उल्लेखित ‘टोमस पेन्नाण्ट, फादर गेसेपी, अंग्रेज लेखक होज्सन तथा जेए एटन समेतका लेखाईहरूले पुष्टि गरेको छ।

आफ्ना देशको सत्यतथ्य इतिहासलाई पाखा लगाएर कृतिम इतिहासलाई सत्य हो भन्दै प्राथमिकता दिन थाले पछि यो देशका राजादेखिसङ्कसम्मका मानिसहरूले बनावटी कुरालाई इतिहास नमानी सत्य तथ्यमामा आधारित ऐतिहासिक विषयहरू खोजेर सबै-सबैलाई जानकारी गराउनु पर्नेमा त्यसो गरेको खोइत ?

जानिफकार हौ भन्ने यो देशका डिग्रीधारी पण्डितहरु जति स्वार्थको कमरो बनेपछि गरावस पो कसले ?
अन्त्यमा अल्मल्याईएको इतिहासलाई सच्याएर वर्तमानको भाँडभैलोलाई व्यवस्थित नगर्ने हो भने विदेशी हस्तक्षपबाट शुरु भएको तिष्टा-काङगडा भित्रको  गोर्खाहरूको यो देश भित्र चलिरहेको भाँडभैलाको खतर्नाक परिणामले गोर्खा राजाका नेतृत्वमा भएको राज्य विस्तारको क्रममा हाम्रा वीर गोर्खा पुर्खाहरुका खुन पसिनाबाट बनेको यो देशको सार्वभौमसत्ता र अखण्डतामाथि घात पर्ने र हामी गोर्खाका सन्तानहरूको अस्तित्व समाप्त भएर देश विहिनका सुकुम्बासी शरणार्थी बन्ने निश्चित छ ।।
जय गोरखनाथ । जय गोर्खा ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार